काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल आएको छ । सोमबार कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो ।
साताको दोस्रो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६२ रुपैयाँ ४० पैसाले वृद्धि भएको छ । यो संगै कम्पनीको सेयर मूल्य ६८७ रुपैयाँ २० पैसा पुगेको छ ।
उक्त दिन कम्पनीको ५३ हजार ६२४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कम्पनीको ८० कित्ता मात्रै सेयर खरिदबिक्री भएको छ ।
वि.सं.२०७८ भदौ २८ सोमवार १५:५२ मा प्रकाशित