back
Hero Ad

साउनमा वाणिज्य बैंकले कमाए ६ अर्ब ३१ करोड नाफा, कुन बैंकको कति ? (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकका वाणिज्य बैंकहरुले साउन महिनामा ६ अर्ब ३१ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८-७९ को पहिलो महिनामा २७ वटा बैंकले उक्त नाफा आर्जन गरेका छन् । यसमा नेपाल बैंकको नाफा समावेश गरिएको छैन ।

एक महिनाको अवधिमा सबैभन्दा बढी नबिल बैंकले ६१ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । नबिल बैंकपछि धेरै नाफा कमाउनेमा ग्लोबल आईएमई रहेको छ । बैंकको नाफा ४८ करोड ४६ लाख रुपैयाँ रहेको छ भने तेस्रोमा रहेको एनआईसी एसिया बैंकको नाफा ४१ करोड ३ लाख रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकका अनुसार सबैभन्दा थोरै नाफा कमाउने बैंकमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । वाणिज्य बैंकको नाफा ७ करोड २२ लाख रुपैयाँ रहेको छ । यस्तै सेञ्चुरी कमर्शियल बैंकको ७ करोड ३० लाख र बैंक अफ काठमाण्डूको ९ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । १० करोड बढी २० करोड नाफा ७ वटा बैंकको रहेको छ भने २० देखि ३० करोडसम्म नाफा कमाउनेमा १० वटा बैंक रहेका छन् ।

 

वि.सं.२०७८ भदौ २८ सोमवार १६:०७ मा प्रकाशित

You can share this post!

prabhu bank
कस्तो छ मंगलबारदेखि आईपीओ निष्काशन गर्न लागेको धौलागिरी लघुवित्तको वित्तीय अवस्था ?

कस्तो छ मंगलबारदेखि आईपीओ निष्काशन गर्न लागेको धौलागिरी लघुवित्तको वित्तीय अवस्था ?

वि.सं.२०७९ साउन २२ आइतवार १७:४४

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्र बैंकले निकाल्यो यस्तो सूचना !

राष्ट्र बैंकले निकाल्यो यस्तो सूचना !

वि.सं.२०७९ साउन २२ आइतवार १६:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले भाषाविदको रुपमा सूचीकृत हुनका लागि...

यी हुन् आज उच्च दरमा सेयर मूल्य वृद्धि भएका र कमाउने कम्पनीहरु, प्रतिकित्ता कसले कति ?

यी हुन् आज उच्च दरमा सेयर मूल्य वृद्धि भएका र कमाउने कम्पनीहरु, प्रतिकित्ता कसले कति ?

वि.सं.२०७९ साउन २२ आइतवार १५:५६

काठमाडौं । आइतबार विभिन्न चार कम्पनीको सेयर मूल्य उच्च दरमा...

फेरि मालामाल बने उपकार लघुवित्तका लगानीकर्ता, प्रतिकित्ता कति कमाए ?

फेरि मालामाल बने उपकार लघुवित्तका लगानीकर्ता, प्रतिकित्ता कति कमाए ?

वि.सं.२०७९ साउन २२ आइतवार १५:४८

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल आएको...

दुई कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

दुई कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

वि.सं.२०७९ साउन २२ आइतवार १५:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी कम्पनीको सेयर मूल्य घट्यो, कुनको कति ?

आज यी कम्पनीको सेयर मूल्य घट्यो, कुनको कति ?

वि.सं.२०७९ साउन २२ आइतवार १५:३९

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...