काठमाडौं । नेपाल धितोपत्र बोर्डले निर्धारित अन्तर्वार्ता हाललाई स्थागित गरेको छ ।
एक सूचना निकाल्दै बोर्डले भदौ ३० गतेदेखि असोज ४ गतेसम्म हुने भनिएको अन्तर्वार्ता स्थगित भएको जनाएको छ ।
बोर्डको रिक्त रहेका विभिन्न पदहरुको विज्ञापनमा लोकसेवा आयोगबाट लिइएको लिखित परीक्षा सम्मिलित उम्मेदवारहरुमध्ये उत्र्तीण भई अन्तर्वार्ताको लागि छनौट भएकाहरुलाई उक्त मितिमा उपस्थित हुन भनेको थियो ।
प्राविधिक कारणले निर्धारित अन्तर्वार्ता कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित भएको बोर्डद्वारा जारी सूचनामा उल्लेख छ ।
वि.सं.२०७८ भदौ २८ सोमवार १७:५२ मा प्रकाशित