back
NMB ad

आन्दोलनरत लगानीकर्ता पुगे सेबोन, भोली अर्थमन्त्री र गभर्नर भेट्दै

माग पुरा हुनेमा आशंका

Kumari bank ad

काठमाडौं । आन्दोलनरत सेयर लगानीकर्ता धितोपत्र बोर्डमा पुगेका छन् । विभिन्न १८ बुँदे मागसहित आन्दोलनमा उत्रेका सेयर लगानीकर्तालाई धितोपत्र बोर्डले बोलाएर छलफल गरेको हो ।

बोर्डले बोलाएर छलफल गरेको भएपनि निश्कर्ष निस्कन नसकेको पुँजी बजार सुधार संघर्ष समितिका संयोजक रोहन कार्कीले बताउनु भयो । उहाँका अनुसार लगानीकर्ताले राखेको मागमा केही बोर्डसँग सम्बन्धित भएकोले बोर्डसँग छलफल भएको हो । बोर्ड लगानीकर्ताको मागमा सकारात्मक भएपनि अहिले अध्यक्ष नभएका कारण छलफल निश्कर्ष बिहीन बनेको हो ।

लगानीकर्ताले सोमबार नै अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरेका छन् । लगानीकर्ताले अर्थमन्त्री शर्मालाई भेटेपनि धेरै समय कुरा हुन नपाएको कार्कीको भनाई छ ।

मन्त्री शर्माले मंगलबार २ बजेको लागि पुनः बोलाएको कार्कीले जानकारी गराउनु भयो । उहाँका अनुसार मंगलबार नै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी वा अन्य अधिकारीसँग भेट हुने भएको छ ।

लगानीकर्ताले भदौ २३ गतेदेखि २९ गतेसम्म दैनिक १ घन्टा माइतिघर मण्डलामा रिले अनसन सुरु गरेका छन् । लगानीकर्ताले रिले अनसनको क्रममा गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै १२० दिनको औसत मूल्य कायम गर्न, ४ करोड र १२ करोडको सिमा तत्काल खारेज गर्न आग्रह गर्दै आएका छन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँमात्रै सेयर धितोमा कर्जा लिन पाउने गरेको व्यवस्था गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीति आएको तीन महिना नभइ आफ्नो निर्देशन परिवर्तन नहुने दाबी गर्दै आएको छ । यसले गर्दा लगानीकर्ताको माग पुरा हुने वा नहुनेमा भने अन्योल नै रहेको छ ।

वि.सं.२०७८ भदौ २८ सोमवार १८:०१ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...