back
NMB ad

जनताको जीवनस्तर सुधार भएपछि मात्र समृद्ध नेपाल बन्छः मन्त्री भुसाल

Kumari bank ad

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनी रहेका जनताको जीवनस्तर सुधार भएपछि मात्र समृद्ध नेपाल हुने बताउभुएको छ । उहाँले राज्यका सबै निकायले आफ्नो सामाजिक एवं नागरिकप्रतिको दायित्व इमान्दारीपूर्वक पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, वाणिज्य बैंक लिमिटेडको चौथो केन्द्रीय महाधिवेशनको उद्घाटन गर्दै मन्त्री भुसालले भन्नुभयो, ‘व्यापारिक दृष्टिकोणबाट मात्र हेरेर हुन्न, गरिबी न्यूनीकरणमा योगदान गर्नुपर्छ । हामी सबैको पहिलो लक्ष्य गरिबी मुक्त नेपाल बनाउने हुनुपर्छ । सिर्जनात्मक कार्यक्रम अगाडि बढाएर काम गर्नुपर्छ ।’

आफूमन्त्री भएपछि जनताकै पक्षमा निर्णय गरेको सुनाउँदै उहाँले भन्नुभयो, ‘२० युनिटसम्म बिजुली बाल्ने जनताले निःशुल्क पाउँदै छन् । यो निर्णयबाट २८ लाख ५० हजार घरपविार लाभान्वित हुन्छन् ।’

बिजुलीको महसुल दर घटाएर जनतालाई राहत दिने निर्णय गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘अब ग्यास चुलोभन्दा विद्युतीय चुलो सस्तो हुन्छ, यो नेपाली उत्पादन हो, यही प्रयोग गरौँ ।’ मन्त्री भुसालले सिँचाइमा प्रयोग हुने स्यालो ट्युवेलमा लाग्ने विद्युत् महसुल निःशुल्क र डीप ट्युवेलमा लाग्ने महसुलमा ५० प्रतिशत छुट गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार कृषि उत्पादनमा हुने, कृषिजन्यवस्तुको आयातमा कमी भइ व्यापारघाटा कम गर्न मद्दत पुग्नेछ ।

सामाजिक उत्तरदायित्व जनतामा केन्द्रित हुनुपर्ने बताउँदै मन्त्री भुसालले भन्नुभयो, ‘राष्ट्रिय वाणिज्य बैंक एक नम्बरमा हुनुपर्छ र गरिबी निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।’ राष्ट्रिय वाणिज्य बैंक मानक बैंकका रुपमा खडा हुनुपर्नेमा जोड दिँदै उहाँले यस बैंकको पक्षमा राज्य रहेको स्मरण गराउनुभयो ।

लामो प्रयासपछि सङ्घीय सांसदको खाता वाणिज्य बैंकमा सञ्चालन भएर तलब र भत्ता बुझ्ने अवस्था सिर्जना भएको स्मरण गर्दै मन्त्री भुसालले कर्मचारी, व्यवस्थापन र सरकारको एकीकृत प्रयासबाट वाणिज्य बैंकले जनताको सेवा गर्नुपर्ने बताउनुभयो ।

बिना प्रतिस्पर्धा कर्मचारी राखेका कारण सार्वजनिक संस्थाहरू मारमा परेको बताउँदै उहाँले कानूनी प्रक्रियाकाका कारण लोकसेवाले कर्मचारी उपलब्ध गराउन ढिलाई हुने प्रक्रियालाई सुधार गर्दै लैजानमा आफ्नो जिम्मेवारीअनुसार पहल गर्ने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले वाणिज्य बैंकको पूँजी संरचना बढाउनका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले ठूला निजी बैंकसँग प्रतिस्पर्धा गर्नका लागि पनि पूँजी वृद्धिमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँका अनुसार हाल वाणिज्य बैंक ७७ जिल्लामा फैलिएका २४७ शाखाबाट ३८ लाख ग्राहकलाई सेवा दिइरहेको छ ।

 

वि.सं.२०७८ भदौ २९ मंगलवार १०:४२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...