काठमाडौं । केन्द्रीय अनुसन्धा ब्यूरो(सीआईबी)ले बैंकिङ्ग कसूर मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरेको छ ।
बारा जिल्लाको जितपुर सिमरा उपमहानगर पालिका–१४ घर भई काठमाडौंको बुढानिलकण्ड बस्ने २६ वर्षीय अनिस सुन्दासलाई सीआईबीले पक्राउ गरेको हो ।
सुन्दासले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी लक्ष्मी बैंकको चेक काटेर दिएका थिए ।
उनलाई उच्च अदालत पाटनले २०७७ चैत ८ गते बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरि ७ दिन कैद र ७ लाख रुपैयाँ जरिवाना सुनाएको थियो ।
फैसला कार्यान्वयनका लागि खोजतलासका क्रममा उनलाई काठमाडौंको सुन्दरीजलबाट सोमबार पक्राउ गरेको हो ।
सीआईबीका अनुसार फौसला कार्यन्वयनका लागि सुन्दासलाई जिल्ला अदालत ललितपुरमा पेश गरिएको जनाएको छ ।
वि.सं.२०७८ भदौ २९ मंगलवार १४:५४ मा प्रकाशित