काठमाडौं । मंगलबार पनि सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।
साताको तेस्रो कारोबार दिन कम्पनीको सेयर मूल्य पनि ९.९९ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको सेयर मूल्य कारोबारमा आएको पहिलो दिनदेखि नै लगातार उच्च दरमा वृद्धि भएको हो ।
आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६ रुपैयाँ १० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ७२८ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कम्पनीको ९६ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज १३ हजार ३०८ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।
वि.सं.२०७८ भदौ २९ मंगलवार १५:२६ मा प्रकाशित