back
NMB ad

किन सुस्तायो सेयर बजार ?

Kumari bank ad

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । बजारसँगै कारोबार रकम पनि निकै घट्न थालेको छ ।

पछिल्लो समय बजारमा आएको गिरावट र कारोबार रकमले पनि बजार निकै सुस्ताएको देखिन थालेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँमात्रै सेयर धितोमा कर्जा लिन पाउने गरेको व्यवस्था गरेको छ । अहिले यसैलाई हतियार बनाएर बजार घटाउने काममा केही लगानीकर्ता लागेको चर्चा पनि सुरु भएको छ ।

पछिल्लो समयमा सरकारी निकायबाट हुने गरेको विभिन्न गतिविधिका कारण बजार सुस्ताउन थालेको चर्चा सुरु भएको छ । बजार मापन गर्ने सूचक १८.५४ अंकले घटेर परिसूचक २९२९.२९ बिन्दुमा रोकिएको छ ।

२२२ कम्पनीको १ करोड ६ लाख ३९ हजार ८२६ कित्ता सेयर ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा गिरावट देखिएको छ । बैंकिङ समूहको ४.१, विकास बैंक ६६.८४, जलविद्युत ३०.८३, वित्त कम्पनी २६.६७, निर्जीबन बीमा २७७.८६, उत्पादन तथा प्रशोधन ६७.३९, माइक्रोफाइनान्स २८.६२, जीवन बीमा समूहको उपसूचक १४४.६८ अंकले घटेको छ ।

वि.सं.२०७८ भदौ २९ मंगलवार १५:३१ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...