back
Mega Long Ad

६०.५९ प्रतिशतले घट्यो ओरिएण्टल इन्स्योरेन्सको नाफा, अन्य सूचक कस्ता ?

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीले गत आथिर्क वर्ष २०७७÷७८ को चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

उक्त अवधिमा कम्नपीले २६ करोड ३० लाख ३७ हजार रुपैइाँ नाफा कमाएको छ । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६०.५९ प्रतिशतले कमी हो ।

अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले ६६ करोड ७४ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीले उक्त अवधिमा १ अर्ब १७ करोड २९ लाख ६१ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

गत आवमा कम्पनीले ६८ करोड ७८ लाख ३१ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । सोही अवधिमा भुक्तानी हुन बाँकी दावी रकम भने ८४ करोड ११ लाख ५५ हजार रुपैयाँ देखिएको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा चुक्ता पुँजी भने उल्लेख गरेको छैन । जगेडा तथा कोषमा भने १३ करोड ९८ लाख ६६ हजार रुपैयाँ राखेको छ ।

कम्पनीले बीमा कोषमा भने ९७ करोड ८६ लाख ९२ हजार रुपैयाँ राखेको छ ।

वि.सं.२०७८ भदौ ३० बुधवार १४:३९ मा प्रकाशित

You can share this post!

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

वि.सं.२०७८ असोज ६ बुधवार १८:१२

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचाहन भएको १ हजार ६१...

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १७:५७

काठमाडौं । माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने भएको...

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

वि.सं.२०७८ असोज ६ बुधवार १७:५३

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

वि.सं.२०७८ असोज ६ बुधवार १७:४८

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड...

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

वि.सं.२०७८ असोज ६ बुधवार १७:३८

काठमाडौं । मेगा बैंकले साना कृषक तथा उद्यमीहरुको कृषि तथा...

साहस उर्जाको आइपीओमा पहिलो दिन नै पर्यो माग भन्दा बढी आवेदन

साहस उर्जाको आइपीओमा पहिलो दिन नै पर्यो माग भन्दा बढी आवेदन

वि.सं.२०७८ असोज ६ बुधवार १७:२०

काठमाडौं । साधारण सेयर (आइपीओ) निष्काशन गरेको पहिलो दिन नै...