back

ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा वृक्षारोपण

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस, प्राणीशास्त्र (जुलोजी) विभाग परिसरमा वृक्षारोपण गरिएको छ ।

वृक्षारोपण कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालय जुलोजी विभाग प्रमुख प्राध्यापक तेजबहादुर थापातथा ग्लोबल आइएमई बैंक, कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले संयुक्तरुपमा गर्नुभएको थियो ।

विश्वविद्यालय क्याम्पस, जुलोजी विभाग परिसरको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय परिसर निर्माणको अभियान अन्र्तगत विभागीय भवनदेखि मूल सडकसम्मकरिब १०० चाँप, धुपी तथा विभिन्न प्रजातीका विरुवाहरुरोपण गरी विरुवाको सुरक्षाको लागि “ट्रि गार्ड” समेत लगाइएको छ ।

कार्यक्रममा विश्वविद्यालय जुलोजी विभागका प्राध्यापक डा. राजेन्द्रप्रसाद पराजुली र प्रेमबहादुर बुढा, प्राध्यापकहरु डा. विष्णुप्रसाद भट्टराई, पिताम्बर ढकाल र सन्तोषी श्रेष्ठ लगायत विभागअन्तर्गतका विद्यार्थीहरु एवम् बैंकका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर यस किसिमका विभिन्न सामाजिक कार्यहरुलाई निरन्तरता दिंदै आएको छ ।

वि.सं.२०७८ भदौ ३० बुधवार १६:१६ मा प्रकाशित

You can share this post!

सुपर माई हाइड्रोपावरको आइपीओ कति जनाले भरे ? यस्तो छ अपडेट

सुपर माई हाइड्रोपावरको आइपीओ कति जनाले भरे ? यस्तो छ अपडेट

वि.सं.२०७९ माघ २४ मंगलवार १८:०५

काठमाडौं । सुपर माई हाइड्रोपावरको आइपीओमा ७ लाख २३ हजार...

किसानलाई कृषिमा आत्मनिर्भर बनाउँदै दोर्दी गाउँपालिका

किसानलाई कृषिमा आत्मनिर्भर बनाउँदै दोर्दी गाउँपालिका

वि.सं.२०७९ माघ २४ मंगलवार १७:५५

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिकाले पालिकाभित्रका...

भारतको महिला प्रिमियम लिगको अक्सनमा पाँच महिला खेलाडीको नाम दर्ता

भारतको महिला प्रिमियम लिगको अक्सनमा पाँच महिला खेलाडीको नाम दर्ता

वि.सं.२०७९ माघ २४ मंगलवार १७:३१

काठमाडौं । वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को पहिलो संस्करणको अक्सनका...

एलआइसी नेपालका सिइओ लक्ष्मी प्रसाद दासको कार्यकाल थप

एलआइसी नेपालका सिइओ लक्ष्मी प्रसाद दासको कार्यकाल थप

वि.सं.२०७९ माघ २४ मंगलवार १७:२५

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत...

भारतलाई तीन गोलले हराउँदै नेपाल महिला यु–२० च्याम्पियनपको फाइनलमा

भारतलाई तीन गोलले हराउँदै नेपाल महिला यु–२० च्याम्पियनपको फाइनलमा

वि.सं.२०७९ माघ २४ मंगलवार १७:१२

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप...

चुणामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश

चुणामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश

वि.सं.२०७९ माघ २४ मंगलवार १६:३६

काठमाडौं। विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माविरूद्ध...