काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरा(सीआईबी)ले बैंकिङ कसूर मुद्दामा फरार दुई व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौं महानरापालिका–२९ मा बस्ने ३६ वर्षीय बिनम श्रेष्ठ र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ घर भई काठमाडौंको बल्खुमा बस्ने ४८ वर्षीय प्रकाश श्रेष्ठलाई पक्राउ गरेको हो ।
उनीहरुले आफ्नो खातामा पर्याप्त रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी बैंक अफ काठमाण्डू र सिद्धार्थ बैंकको चेक काटेर दिएका थिए ।
प्रहरीका अनुसार ३६ वर्षीय बिनम श्रेष्ठलाई एक हप्ता कैद र १७ लाख जरिवना हुनेछ भने ४८ वर्षीय प्रकाशन श्रेष्ठलाई ५ दिन कैद र ११ लाख ५० हजार जरिवाना हुने छ ।
उनीहरुलाई काठमाडौं र रुपन्देहीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ भदौ ३० बुधवार १६:५६ मा प्रकाशित