back
NMB ad

प्रभु र प्राइम बैंकसहित ४ कम्पनीको २ लाख ८५ हजार कित्ता सेयर बिक्रीमा, कति छ न्युनतम मूल्य ?

Kumari bank ad

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले चार कम्पनीको संस्थापक सेयर आजदेखि लिलामीमा ल्याएको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर लिलामीमा ल्याएको हो ।

कम्पनीले प्रभु बैंक, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था र प्राइम कमर्शियल बैंकमा रहेको संस्थापक सेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो ।

जसमध्ये न्युनतम मूल्य २०५ रुपैयाँ रहेको प्रभु बैंकको ५० हजार कित्ता, नेशनल लाइफको न्युनतम मूल्य ४२१ रुपैयाँ तोकिएको १ लाख कित्ता, न्यनुतम ४ सय रुपैयाँ मूल्य रहेको नेपाल ग्रामिण विकासको ३५ हजार र २०८ रुपैयाँ न्युनतम मूल्य तोकिएको प्राइम बैंकको १ लाख कित्ता रहेको छ ।

यी चार वटै कम्पनीको सेयर खरिद गर्न इच्छुक योग्य विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले असोज ८ गते कार्यालय समयभित्र गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

उक्त सेयर खरिदका लागि सबै कम्पनीको तोकिएको न्युनतम मूल्य भन्दा बढी अंकित गरि नयुनत २ हजार कित्ताका लागि र अधिकतम सेयर संख्याको कुनै हद नलाग्ने कम्पनीले जनाएको छ ।

बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७८ भदौ ३१ बिहीवार १०:५८ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...