back
NMB ad

मेगा बैंकका ग्राहकहरुलाई कान्तिपुर अस्पतालमा विशेष छुट

Kumari bank ad

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छुट दिने सहमति भएको छ ।

मेगा बैंक नेपाल लिमिटेड र कान्तिपुर अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो ।

सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले कान्तिपुर अस्पतालमा जनरल बेड, क्याबिन र ल्याबमा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने एम्बुलेन्स सेवा निःशुल्क पाउनेछन् ।

आइसियू, एचसीयू, भेन्टिलेटर र औषधी खरिद गर्दा भने १० प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ । यसैगरी, मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई शुल्यक्रिया गर्नुपरेमा विशेष छुट र कोभिडको पीसीआर परिक्षणमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

मेगा बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर यस अघिनै काठमाडौँ उपत्यका लगायत देशका विभिन्न अस्पतालहरुसंगको सहकार्यमा छुटको व्यवस्था गर्दै आएको छ ।

वि.सं.२०७८ भदौ ३१ बिहीवार १२:१४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...