back
NMB ad

ह्वात्तै बढ्यो बैंकको ब्याजदर : मुद्दती निक्षेपमा पैसा राख्ने मालामाल, सेयर बजारमा कस्तो पर्ला असर ?

Kumari bank ad

काठमाडौं । बिहीबार बैंकहरुले असोज महिनाको लागि निक्षेप तथा कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सबै बैंकको भने ब्याजदरको सूचना आएको छैन । सूचना जारी गरेका अधिकाशं बैंकको ब्याजदर बढेको छ । अहिले त बैंकको मुद्दती निक्षेपमा पैसा राख्ने बचतकर्तालाई निकै लाभ हुने देखिएको छ ।

अहिले बैंकिङ्ग प्रणालीमा तरलता (लगानीयोग्य रकम) अभाव भएसँगै ब्याजदर बढाएका छन् । अहिले प्रणालीमा कर्जाको माग बढ्ने र निक्षेप संकलन कम हुन थालेको छ । जसले गर्दा तरलता अभाव हुन थालेको छ । तरलता व्यवस्थापनको लागि भन्दै बैंकहरुले ब्याजदरलाई हतियार बनाएका छन् । अहिले बजेट खर्च पनि न्यून हुँदा बैंकलाई ब्याजदर बढाउन बाध्यता सृजना भएको हो ।

नबिल बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा बचतमा ४.२६ देखि ६.२६ प्रतिशत ब्याज दिने भएको छ । मुद्दती निक्षेपमा ६.५१ देखि ९.२६ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंको साउन मसान्तसम्मको आधारदर ५.५२ प्रतिशत रहेको छ । बैंकले आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लिने छ । नबिल बैंकबाट कर्जा लिँदा ११.५२ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

एनएमबि बैंकले बचत खातामा ४.५२ देखि ६.५२ प्रतिशतसम्म ब्याज दिने भएको छ । मुद्दती निक्षेपमा ७.५० देखि ९.०२ प्रतिशतसम्म ब्याज पाइने छ । बैंकले आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लिने छ ।

बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरमा राष्ट्रिय वाणिज्य बैंकले बचत खातामा ३.०६ देखि ६ प्रतिशतसम्म ब्याज दिने भएको छ । यस्तै मुद्दती निक्षेपमा ८.०६ प्रतिशतसम्म ब्याज दिने भएको छ । असार महिनासम्म बैंकको आधारदर ५.४१ प्रतिशत रहेको छ । उक्त आधारदरमा ३ प्रतिशत प्रिमियम थपेर ब्याज लिने छ । बैंकबाट कर्जा लिँदा ८.४१ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

यता कृषि विकास बैंकले साधारण बचतमा ३.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकले मुद्दती निक्षेपमा ८.१० प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकको असार मसान्तसम्मको आधारदर ७.१३ प्रतिशत रहेको छ । यस्तै कर्जातर्फ बैंकले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लिने भएको छ । बैंकबाट ब्याज लिँदा १२.१३ प्रतिशतसम्म लाग्ने छ ।

एभरेष्ट बैंकले बैंकले बचतमा ३.६१ देखी ४ प्रतिशत ब्याज दिने भएको छ । असोजदेखी लागू हुने गरी सार्वजनिक गरेको ब्याजदरमा बैंकले मुद्दती निक्षेपमा ७ देखि ८.६१ प्रतिशतसम्म दिने भएको छ । साउन मसान्तसम्म बैंकको आधारदर ५.८५ प्रतिशत रहेको छ । बैंकले आधारदरमा ५ प्रतिशत प्रिमियम थपेर ब्याज लिने गरेको छ । बैंकबाट कर्जा लिँदा १०.८५ प्रतिशतसम्म लाग्ने छ ।
नेपाल एसबीआई बैंकले बचतको ब्याज सार्वजनिक गरेको छैन । असोजदेखी लागू हुने गरी सार्वजनिक गरेको ब्याजदरमा बैंकले मुद्दती निक्षेपमा ४.०५ देखि ८.५५ प्रतिशतसम्म ब्याज दिने भएको छ । साउन मसान्तसम्म बैंकको आधारदर ७.३७ प्रतिशत रहेको छ । बैंकले आधारदरमा ५ प्रतिशत प्रिमियम थपेर ब्याज लिने गरेको छ । बैंकबाट कर्जा लिँदा १२.३७ प्रतिशतसम्म लाग्ने छ ।

यता सनराइज बैंकले सार्वजनिक गरेको ब्याजरमा बचत तर्फ ५.०७ प्रतिशत ब्याज पाएने भएको छ । मुद्दती निक्षेपमा भने ५.०७ देखि १०.०७ प्रतिशतसम्म ब्याज रहेको छ ।
बैंकको आधारदर साउन मसान्तसम्मको ७.०१ प्रतिशतसम्म रहेको छ । बैंकबाट कर्जा लिँदा बेस रेटमा ६ प्रतिशतसम्म प्रिमियम थपिने छ । बैंकबाट कर्जा लिँदा १३.०१ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

सेञ्चुरी बैंकले सार्वजनिक गरेको ब्याजदमार बचत तर्फ नै ४.२५ देखि ६.२५ प्रतिशतसम्म ब्याज पाइने छ । यता मुद्दती निक्षेपमा ८ देखि ९.२५ प्रतिशतसम्म ब्याज पाइने छ ।

बैंकको साउन मसान्तसम्मको आधारदर ७.५५ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम थपिने छ । बैंकबाट कर्जा लिँदा १३.५५ प्रतिशतसम्म ब्याज पाइने छ ।

असोज १ गतेदेखि नेपाल बंगलादेश बैंकले बचतमा ३.७६ देखि ४.७६ प्रतिशतसम्म ब्याज दिने भएको छ । मुद्धति निक्षेपमा ८.७६ प्रतिशतसम्म ब्याज पाइने छ । बैंकले आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा दिने भएको छ ।

हिमालयन बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा बचतमा ४.२५ देखि ६.१५ प्रतिशतसम्म ब्याज पाइने छ । मुद्दती निक्षेपमा ५ देखि ८ प्रतिशतसम्म रहेको छ । बैंकले कर्जाको ब्याजदर भने सार्वजनिक गरेको छैन ।

यता प्रभु बैंकले असोज १ गतेदेखी बचतमा ३.२५ देखि ५ प्रतिशतसम्म ब्याज दिने भएको छ । मुद्दती निक्षेपमा ८.२५ प्रतिशतसम्म ब्याज दिने सूचनामा उल्लेख गरेको छ । कर्जामा भने आधार दरमा ७ प्रतितशसम्म प्रिमियम थपिने भएको छ । बैंकको साउन मसान्तको आधार दर ७.१० प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १४.१० प्रतिशत ब्याज लाग्ने छ ।

यता स्टयान्र्डड चार्टर्ड बैंकले बचतमा २ देखि ४.५ प्रतिशत ब्याज दिने भएको छ । मुद्दती निक्षेपमा भने ७.५० प्रतिशतसम्म ब्याज पाएने छ । बैंकको असार मसान्तसम्मको आधारदर ५.५१ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा आधारदरमा ४.५ प्रतिशत प्रिमियम थपिने छ ।

माछापुच्छ्रे बैंकको बचत खातामा ३ देखि ५ प्रतिशतसम्म ब्याज पाइने छ । मुद्दती निक्षेपमा ८.२५ देखि ८.७५ प्रतिशतसम्म ब्याज पाइने छ । बैंकको असार मसान्तसम्मको आधारदर ५.८० प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिने छ ।

यस्तै सिभिल बैंकले बचत खातामा ४.२५ देखि ६.२५ प्रतिशतसम्म ब्याज दिने छ । मुद्दती निक्षेपमा ७.५५ देखि ९.२५ प्रतिशतसम्म ब्याज पाइने छ । बैंकको साउन मसान्तसम्मको आधारदर ७.८९ प्रतिशत रहेको छ । कर्जा लिँदा बैंकले आधारदरमा ७ प्रतिशत प्रिमियम थपेर ब्याज लिने छ ।

प्राइम बैंकले बचत खातामा ४.७६ देखि ५.७६ प्रतिशतसम्म ब्याज दिने छ । मुद्दती निक्षेपमा ८ देखि ९.७६ प्रतिशतसम्म ब्याज पाइने छ । बैंकको असार सम्मको आधारदर ७.२१ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा आधारदरमा ६.९९ प्रतिशत प्रिमियम थपिने छ ।

यस्तै सानिमा बैंकले बचत खातामा ३ देखि ५ प्रतिशतसम्म ब्याज दिने गरेको छ । मुद्दती निक्षेप तर्फ ७ देखि १०.०१ प्रतिशतसम्म ब्याज रहेको छ । बैंकको । साउन मसान्तमा बैंकको आधारदर ६.१४ प्रतिशत रहेको छ । कर्जा लिँदा आधार दरमा ७ प्रतिशत प्रिमियम थपिने छ ।

एनसीसी बैंकले बचतमा ४.२६ प्रतिशतदेखि ५ प्रतिशतसम्म पाइने छ । मुद्दती निक्षेपमा ९.२६ प्रतिशतसम्म ब्याज रहेको छ । असार मसान्तमा बैंकको आधारदर ७.५७ प्रतिशत रहेको थियो । बैंकबाट कर्जा लिँदा आधारदरमा ५ प्रतिशत प्रिमियम थपिने छ ।

असोज १ देखि लाग्नेगरी ब्याजदर बढेसँगै यसको असर सेयर बजारमा पनि पर्ने सम्भावना देखिएको बताइन थालेको छ । बैंकमा कर्जाको माग बढ्ने, निक्षेप संकलन कम हुने, कर्जाको ब्याजदर पनि सस्तो भएका कारण सेयर बजार बढिरहेको थियो । तर बैंकहरुले कर्जाको भन्दा पनि बचत तथा मुद्दती निक्षेपको ब्याजदर ह्वात्तै बढाएसँगै बजारमा पनि असर पर्ने हो की भन्ने चर्चा सुरु भएको छ ।

वि.सं.२०७८ भदौ ३१ बिहीवार १२:२० मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...