back
NMB ad

के कारण गयो सेयर बजारमा पहिरो ? लगानीकर्ता त्रसित

Kumari bank ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गरेको नयाँ ब्याजको असर सेयर बजारमा देखिएको छ ।

बैंकहरुले असोज १ गतेदेखी लागू हुनेगरी ब्याजदर सार्वजनिक गरेसँगै बजारमा पनि असर देखिएको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा ब्याज निकै रहेको छ । जसले गर्दा लगानीकर्तालाई अस्थिर बनेको बजारमा भन्दा मुद्दती निक्षेपमा पैसा राखेर ब्याज खाने माहोल सृजना देखाएको छ । जसको असर बिहीबारको कारोबारमा परेको जानकारहरुको भनाई छ । बजारमा आएको पहिरोले लगानीकर्तालाई समेत आगामी दिनमा कता जाने हो भनेर त्रसित समेत बनाएको छ ।

बजार मापन गर्ने सूचक ७६.६५ अंकले घटेर २८१२.३९ बिन्दुमा रोकिएको छ । बजारमा भारी गिरावट आएपनि कारोबार रकम भने केही सुधार देखिएको छ । २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता सेयर ९ अर्ब ३ करोड ३९ लाख ६२३ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा भारी गिरावट आएको छ । कारोबारमा ४१.१४, विकास बैंक १९७.२२, वित्त कम्पनी १३९.४४, जलविद्युत कम्पनी १३७.७९, जीवन बीमा समूहको ४५२.५९, माइक्रोफाइनान्स १७१.७७, निर्जीबन बीमा समूहको उपसूचक ३८३.७० अंकले घटेको छ ।

वि.सं.२०७८ भदौ ३१ बिहीवार १५:१७ मा प्रकाशित

You can share this post!

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

काठमाडौं ।नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च...

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...