काठमाडौं । बिहीवार चन्द्रागिरी हिल्सको सेयर मूल्यमा गिरावट आएको छ । उक्त दिन कम्पनीको सेयर मूल्य ६.५६ प्रतिशतले घटेको हो ।
साताको अन्तिम कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९९ रुपैयाँले घटेको हो । योसंगै कम्पनीको सेयर आज १ हजार ४११ रुपैयाँ कायम भएको छ ।
उक्त दिन कम्पनीको ३ करोड ५२ लाख ४ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ ।
नेप्सेका अनुसार आज कम्पनीको २४ हजार ४४२ कित्ता सेयर खरिदबिक्री भएको छ ।
वि.सं.२०७८ भदौ ३१ बिहीवार १५:४६ मा प्रकाशित