back
Mega Long Ad

२० हजार कित्तासम्म भर्न पाईने आईपीओ छुटाउनुभयो कि ? आवेदन दिने भोलि अन्तिम मौका

काठमाडौं । भोलि सामलिङ्ग पावर कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ ।
कम्पनीले भदौ १८ गतेदेखि ५ करोेड रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । उक्त आईपीओ असोज १ गते अर्थात भोलिसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई ५ लाख कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।
कुल सेयरमध्ये ३ लाख कित्ता आयोजना प्रभावित इलामका बासिन्दा र बाँकी २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका–८ र १०, माइजोममाई गाउँपालिका–४ र ५ का बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।
उक्त आईपीओमा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
आईपीओमा सि–आस्वा, नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

वि.सं.२०७८ भदौ ३१ बिहीवार १६:३४ मा प्रकाशित

You can share this post!

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

वि.सं.२०७८ कात्तिक ६ शनिवार १७:१९

तनहुँ । तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने...

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

वि.सं.२०७८ कात्तिक ६ शनिवार १६:५५

महोत्तरी । बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

वि.सं.२०७८ कात्तिक ६ शनिवार १२:५१

बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न...

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

वि.सं.२०७८ कात्तिक ६ शनिवार ११:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा...

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:५०

काठमाडौं । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न...

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:३९

काठमाडौं । शनिबार पनि आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली...