काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले डाटा सेन्टर मर्मत तथा स्तारोन्नति गर्ने भएको छ । उक्त प्रयोजनका लािग नेप्सेका सम्पूर्ण कारोबार प्रणाली असोज ३ गतेसम्म बन्द हुने भएको हो ।
एक सूचना निकाल्दै नेप्सेले भोलि अर्थात असोज १ गतेदेखि ३ गतेसम्म सम्पूर्ण कारोबार प्रणाली बन्द हुने जानकारी गराएको छ ।
कारोबार संचालन नहुने दिनको मौकामा डाटा सेन्टरको मर्तत तथा स्तारोन्नति गर्न लागेको नेप्सेले जनाएको छ ।
वि.सं.२०७८ भदौ ३१ बिहीवार १७:२२ मा प्रकाशित