काठमाडौं । आजदेखी गुण एयरलाइन्सले आफ्नै ब्रान्डबाट व्यवसायीक उडान शुरू गर्ने भएको छ ।
गुणका अनुसार आज (शुक्रबार) देखि काठमाडौं-भरतपुर र काठमाडौं-पोखरा गरी दुईओटा गन्तव्यबाट उडान सुरु भर्ने भएको छ ।
सन् २००९ मा स्थापना भएको गुण एयरलाइन्समा वित्तीय संकट देखिएपछि सन् २०१३ मा सिम्रिक एयरलाइन्सले एक्वायर (अधिग्रहण) गरेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिके श्रेष्ठका अनुसार पुरानै ब्रान्डलाई पुनः प्रयोग गरेको छ ।
गुणले यति एयरलाइन्ससँग खरीद गरेका पाँचसहित सातओटा जहाजबाट हवाई सेवा पुनः शुरू गर्न लागेको हो । बिचक्राफ्टको सीट क्षमता १८ र जेट स्ट्रीमको सीट क्षमता २९ रहेको छ । गुणले १ अर्बभन्दा बढी लगानीमा पाँचओटा जहाज थपेको छ ।
वि.सं.२०७८ असोज १ शुक्रवार १०:२३ मा प्रकाशित