back
Mega Long Ad

आजदेखि देशभर सुपथ मूल्य पसल संचालन, कुनमा कति पाइन्छ छुट ?

काठमाडौं । सरकारले आसनन चाडवाडलाई लक्षित गरि आजदेखि (असोज १) देशभर सहुलियत पसल संचालन गर्ने भएको छ ।

कात्तिक २४ गते छठ पर्वसम्म देशका विभिन्न ३९ स्थानहरुमा सहुलियत पसल सञ्चालन गर्ने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत पसलमा छुटसहित खाद्यवस्तुको बिक्री गर्ने मन्त्रालयले घोषणा गरेको हो ।

जसअनुसार मोटा/मसिनो चामलमा प्रतिकिलो ५ रुपैयाँ, सिमी र फापर प्रतिकिलो १० रुपैयाँ, नुन प्रतिकिलो २ रुपैयाँ, चिनी प्रतिकिलो ५ रुपैयाँ छुट पाइने छन ।

यसैगरी, खसीबोका प्रतिकिलो १० रुपैयाँ र दुग्ध विकास संस्थानबाट बिक्री हुने दुध, पनिर, घ्यूसमेतका दुग्धजन्य पदार्थहरुमा पनि छुट दिई बिक्री वितरण गरिने भएको छ ।

चाडवाडलाई लक्षित गरि खाना पकाउने एलपि ग्यास र पेट्रोलियम पदार्थको आपूर्तिलाई थप सहज तुल्याउन नेपाल आयाल निगमलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

चाडवाडको समयमा खरिद बिक्री र उपभोग बढ्ने भएकाले उपभोग्य बस्तुको मूल्य, गुणस्तर र तौल लगायतका विषयमा कार्ययोजना बनाई थप सघन र संयुक्त अनुगम गर्ने मन्त्रालय निर्णय गरेको छ ।

वि.सं.२०७८ असोज १ शुक्रवार १०:५७ मा प्रकाशित

You can share this post!

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

वि.सं.२०७८ कात्तिक ६ शनिवार १७:१९

तनहुँ । तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने...

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

वि.सं.२०७८ कात्तिक ६ शनिवार १६:५५

महोत्तरी । बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

वि.सं.२०७८ कात्तिक ६ शनिवार १२:५१

बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न...

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

वि.सं.२०७८ कात्तिक ६ शनिवार ११:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा...

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:५०

काठमाडौं । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न...

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:३९

काठमाडौं । शनिबार पनि आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली...