काठमाडौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले लिलामीमा ल्याएको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
भदौ १८ गतेदेखि कम्पनीले सनराइज बैंकको स्वामित्वमा रहेको १ लाख २२ हजार १८७ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको थियो ।
न्युनतम मूल्य प्रतिकित्ता ४२१ रुपैयाँ तोकिएको उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक वा योग्य जो कोही व्यक्ति संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
उक्त सेयर खरिदका लागि तोकिएको न्युनतम मूल्य भन्दा बढी अंकित गरि न्युनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०७८ असोज १ शुक्रवार १२:२४ मा प्रकाशित