back
NMB ad

कामना सेवा विकास बैंकले ल्यायो उच्च ब्याजदरसहित नयाँ बचत खाता, कति प्रतिशत पाइने ?

Kumari bank ad

 

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपालस्थित तिनका परिवारजनका लागि कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ ।

बैंकले ७ प्रतिशतको उच्चतम ब्याजदर सहितको उक्त खातामा प्रथम वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सुविधा पनि उपलब्ध गराउनेछ ।

विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैंकिङ प्रणालीबाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसालाई यो खातामा जम्मा गर्न सक्नेछन् ।

यसका साथै यस खाता मार्फत खोलिने मुद्दति निक्षेपमा ०.५ प्रतिशत थप ब्याज उपलब्ध गराइने बैंकले जनाएको छ । बैंकका अनुसार यो खाता अनलाइन माध्यमबाट पनि खोल्न सकिनेछ ।

काठमाडौं ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवाले देशका विभिन्न भागमा १२९ वटा शाखा, एउटा विस्तारित शाखा र ७६ वटा एटीएममार्फत बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आएको छ ।

बैंकले सोसल मिडिया बैंकिङ, केएस आई मोबाइल जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकलाई सरल, सहज र उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

वि.सं.२०७८ असोज १ शुक्रवार १६:०९ मा प्रकाशित

You can share this post!

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...