back
NMB ad

बचत खातामा पनि पाइन्छ मानग्य ब्याज, कुन बैंकले कति दिन्छ ?

Kumari bank ad

काठमाडौं । वाणिज्य बैंकहरुमा लगानीयोग्य रकम (तरलता) अभाव भएसँगै धमाधम बचतमा ब्याज बढाएका छन् । बैंकहरुले भदौ महिनामा मुद्दती निक्षेपमा दिने जती ब्याज अहिले बचतमा नै दिने थालेका छन् ।

अहिले बैंकहरुले बचत खातामा नै ६.५२ प्रतिशतसम्म ब्याज दिन थालेका छन् । सबैभन्दा बढी ब्याज बचत खातामा पनि एनएमबि बैंकले ४.५२ देखि ६.५२ प्रतिशतसम्म दिने भएको छ । भदौ महिनामा करिब आधा दर्जन बैंकले मुद्दती खातामा पनि यति ब्याज नदिने गरेका थिए । तर अहिले ब्याज ह्वात्तै बढेको छ ।

यस्तै माछापुच्छे बैंकको बचतमा असोज महिनामा ३.७५ देखी ५ प्रतिशतसम्म ब्याज दिने भएको छ । यस्तै नबिल बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा बचतमा ४.२६ देखि ६.२६ प्रतिशत ब्याज दिने भएको छ ।  भदौ महिनामा नबिल बैंकले मुद्दती खातामा नै ५.७१ देखी ७.५१ प्रतिशत ब्याज दिने गरेको थियो । अहिले त्यो भन्दा बढी ब्याज बचत खातामा नै दिने योजना ल्याएको छ । यो भनेको बैंकमा लगानीयोग्य रकमको अभावका कारण ल्याएको योजना हो ।

राष्ट्रिय वाणिज्य बैंकले बचत खातामा ३.०६ देखि ५ प्रतिशतसम्म ब्याज दिने भएको छ । कृषि विकास बैंकले साधारण बचतमा ३.५० प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने भएको छ ।
एभरेष्ट बैंकले बैंकले बचतमा ३.६१ देखी ४ प्रतिशत, सनराइज बैंकले सार्वजनिक गरेको ब्याजरमा बचत तर्फ ५.०७ प्रतिशत ब्याज पाइने भएको छ ।

सेञ्चुरी बैंकले सार्वजनिक गरेको ब्याजदरमा बचत तर्फ नै ४.२५ देखि ६.२५ प्रतिशतसम्म ब्याज पाइने छ भने नेपाल बंगलादेश बैंकले बचतमा ३.७६ देखि ४.७६ प्रतिशतसम्म ब्याज दिने भएको छ । हिमालयन बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा बचतमा ४.२५ देखि ६.१५ प्रतिशत, प्रभु बैंकले बचत खातामा ३.२५ देखि ५ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

स्टयान्र्डड चार्टर्ड बैंकले बचतमा २ देखि ४.५ प्रतिशत ब्याज दिने भएको छ । माछापुच्छ्रे बैंकको बचत खातामा ३ देखि ५ प्रतिशतसम्म ब्याज पाइने छ भने प्राइम बैंकले बचत खातामा ४.७६ देखि ५.७६ प्रतिशतसम्म ब्याज दिने योजना ल्याएको छ ।

सानिमा बैंकले बचत खातामा ३ देखि ५ प्रतिशत, सिभिल बैंकले बचत खातामा ४.२५ देखि ६.२५ प्रतिशतसम्म ब्याज दिने भएको छ । यस्तै एनसीसी बैंकले बचतमा ४.२६ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

वि.सं.२०७८ असोज १ शुक्रवार १६:२७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...