back
NMB ad

२ महिनामा ५.४६ % बजेट खर्च, हरेक महिना १० % बजेट खर्च गर्ने मन्त्री शर्माको योजना होला पुरा ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएको दुई महिना बित्दा बजेट खर्च ५.४६ प्रतिशत भएको छ ।
बजेट ५.४६ प्रतिशत खर्च हुँदा राजस्व १४.३१ प्रतिशत संकलन भएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार यो अवधिमा ८९ अर्ब ९३ करोड ५८ लाख रुपैयाँ बजेट खर्च हुँदा १ खर्ब ६८ अर्ब ५७ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले अध्यादेश मार्फत आएको बजेटलाई प्रतिस्थापन गर्न ल्याएको विद्येयकबाट बजेट तथा राजस्वको लक्ष्य घटाउनु भएको छ । मन्त्री शर्माले प्रतिस्थापन विद्येयक मार्फत चालु आवको लागि १६ खर्ब ३२ अर्ब ८३ करोड बजेट विनियोजन गर्नु भएको छ ।

जसमा चालु तर्फ ६ खर्ब ७७ अर्ब ९९ करोड, पुँजी तर्फ ३ खर्ब ७८ अर्ब १० करोड, वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ८९ करोड ९९ लाख रहेको छ । बजेटको संशोधनका क्रममा राजस्वको लक्ष्य १० खर्ब ५० अर्ब ८२ करोड रुपैयाँ, वैदेशिक अनुदान ५९ अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।

भदौ अन्तिसम्ममा १ खर्ब ६८ अर्ब ५७ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै कर राजस्व तर्फ १ खर्ब ४८ अर्ब ५६ करोड रुपैयाँ संकलन भएको छ । कार्यालयका अनुसार गैह्र कर राजस्व तर्फ २० अर्ब १ करोढ ७६ लाख रुपैयाँ संकलन भएको छ ।

भदौ महिनासम्ममा ५.८३ प्रतिशत अर्थात ५८ अर्ब ५९ करोड ४९ लाख रुपैयाँ चालु खर्च भएको छ । यस्तै पुँजीगत तर्फ ०.६ प्रतिशत अर्थात २ अर्ब ६० करोड ८७ लाख रुपैयाँ खर्च भएको भने वित्तीय व्यवस्थामा २८ अर्ब ७३ करोड २३ लाख अर्थात १३.८२ प्रतिशत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले प्रत्येक महिना १० प्रतिशतका दरले बजेट खर्च गर्ने बताउनु भएको छ । दुई महिनाको अवधिमा ५.४६ प्रतिशत मात्रै बजेट खर्च भएको छ । उहाँको कार्यकालमा नै इतिहासमा पहिलो पटक आर्थिक ‘सट डाउन’ भएको छ । मन्त्री शर्माले भनेको जस्तो प्रतिमहिना १० प्रतिशत बजेट खर्च हुनेमा सबैले आशंका गरेका छन् ।

वि.सं.२०७८ असोज १ शुक्रवार १७:५७ मा प्रकाशित

You can share this post!

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:३०

काठमाडौँ : डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन...