काठमाडौं । महालक्ष्मी विकास बैंकले ४ लाख १० हजार बढी कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ५८ हजार २१८ कित्ता, ३७ हजार २६६ कित्ता, १३ हजार ७५५ कित्ता र ८९४ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयर बिक्री गर्नका लागि बैंकका संस्थापक सेयरनधनीहरुले छुट्टाछुट्टै निवेदन दिएका थिए । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुे भदौ गतेदेखि यताको मितिले ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालयमा निवेदन दिन सक्नेछन् ।
तोकिएको म्यादभित्र सेयर खरिदका लागि निवेदन नआएमा प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकको नीति निर्देशन बमोजिम आवश्यक अन्य प्रक्रिया अघि बढाईने बताइएको छ ।
विस्तृत व्योहोरा बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग काठमाडौंमा सम्पर्क गर्न सकिनेछ ।
वि.सं.२०७८ असोज ३ आइतवार १४:३५ मा प्रकाशित