back
Mega Long Ad

किन्ने होइन त साढे २ लाख रुपैयाँ कम मूल्यमा निसान किक्स कारहरु ? यस्तो छ नयाँ मूल्य

काठमाडौं । निसान मोर्टसको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले दशै विशेष अफर ल्याएको छ ।

कम्पनील ल्याएको उक्त अफर अन्तर्गत निसान किक्स कार खरिद गर्दा २ लाख ५० हजार रुपैयाँसम्मको नगद छुट पाइने छ ।

यसका साथै एक वर्षको निःशुल्क बीमा, एक वर्ष अवधिको सडक दस्तुर कर छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस्तै, तीन वर्षे वारेन्टी तथा सोही अवधिसम्म निशुल्क सर्भिसिङको सुविधा समेत प्रदान गरिने पायोनियर मोटो कर्पले जनाएको छ ।

 

यो चाडपर्व लक्षित अफरमा ३ लाख ५२ हजार बराबरको लाभ लिन सकिने कम्पनीले जनाएको छ । निसानको विभिन्न ५ मोडेलका कारहरु उपलब्ध छन् । जसको २९ लाख रुपैयाँदेखि २ करोड ६० लाख रुपैयाँसम्म मूल्य पर्दछ ।

यसमध्ये निसान किक्स ८ मोडेलमा उपलब्ध रहेका छ । निसान किक्स न्युनतम ४२ लाखदेखि ७३ लाख रुपैयाँसम्म मूल्य पर्दछ । यो गाडी १ हजार ३३० सीसीदेखि १ हजार ४९८ सीसी क्षमताका छन् ।

निसान किक्स एक्सएल (पेट्रोल, १४९८ सीसी) को ४८ लाख ९९ हजार, एक्सभीको ५३ लाख ४९ हजार, एक्सभी टर्वोको ५९ लाख ९९ हजार, एक्सभी प्रिपियम टर्वोको ६३ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको छ ।

यस्तै, एक्सभी प्रिमियम (०) मोनो टर्वोको ६८ लाख ९९ हजार, एक्सभी प्रिमियम(०) डबल टर्वोको ६९ लाख ९९ हजार, एक्सभी सीभीटी टर्वोको ६९ लाख ९९ हजार र निसान किक्स एक्सभी प्रिमियम सीभीटी टर्वोको ७२ लाख ९९ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

वि.सं.२०७८ असोज ३ आइतवार १५:५८ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...