back
NMB ad

शाओमीले ल्याएको २१ र २४ हजारको रेडमी १० प्राइम, के–के छन् विशेषता ?

Kumari bank ad

काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लीडरले एमपीको स्मार्टफोन रेडमी १० प्राइमको साथमा रेडमी इयरबड्स ३ प्रो नेपालमा लन्च गरेको छ ।

रेडमी १० प्राइम दुईवटा भेरियन्टमा ४ जीबी+६४जीबी (१जीबीले बढाउन सकिने र्याम) को फोनको मूल्य २० हजार ९९९ र ६ जीबी+१२८ जीबी र्याम (२ जीबीले बढाउन सकिने र्याम) को मूल्य २३ हजार ९९९ रुपैयाँमा पाइने छ ।

रेडमी १० प्राइम मिडियाटेक हेलियो जी ८८ चिपसेटको साथ बजारमा भित्रिएको छ । यसमा ९० हट्र्जको ६.५ इन्चको एफएचडी र एडप्टिभ सिन्क डिस्प्ले रहेको छ । पातलो डिजाइनको साथमा यो शक्तिशाली ६००० एमएएचको दुई दिने ब्याट्री रहेको छ ।

यो उपकरण मेमोरी एक्सटेन्सन सुविधाको साथ उपलब्ध छ जसले प्रयोगकर्ताहरुलाई अस्थायी रूपमा २ जीबी सम्मको र्याम उनीहरुको स्मार्टफोन स्टोरेजमा स्टोर गर्न मदं्दत गर्दछ र सहज कार्यक्षमता र वृद्धि प्रदर्शन को सुविधा रहेको छ ।

रेडमी १० प्राइमले ५० मेगापिक्सेल अल्ट्रा हाई रिजोलुसनको मुख्य क्यामेरा रहेको छ । ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र २ मेगापिक्सेलको डेप्थ सेन्सरको साथ रेडमी १० प्राइमले प्रयोगकर्ताहरुलाई उत्साहित बनाउने छ ।

नाइट मोड वा प्रो कलर मोडका साथ प्रयोगकर्ताहरुले ब्राइटनेसलाई बढाउन सकिने र फोटोलाई अधिक रंगीन बनाउनको लागी थोरै स्याचुरेसनलाई बढाउन सकिन्छ । प्रयोगकर्ताहरुलाई प्यानरोमा सेल्फी÷ग्रुपिज लिन रेड मी १० प्राइम ८ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।
रेडमी १० प्राइममा ६.५ इन्चको फुल एचडी र डिस्प्ले रहेको छ । जसले सिमलेस र आँखालाई मोहित बनाउने दृश्य प्रदान गर्नको लागि ९० हर्जको रिफ्रेस रेट रहेको छ ।

रेडमी १० प्राइममा ६००० एमएएच ब्याट्रीको साथ उपलब्ध छ रहेको छ । जुन दुई दिनसम्म टिक्न सक्दछ । यो स्मार्टफोन १९२ ग्रामको रहेको छ । यसले १८ वाटको फास्ट चार्जिंगलाई समर्थन गर्दछ र यो बट्टा बाहिर रहेको २२.५ वाटको चार्जर रहेको छ ।

नयाँ इभोलको डिजाइनलाई कायम राख्दै, रेडमी १० प्राइमले एक परिष्कृत नयाँ रूप प्रदान गर्दछ र एक प्रीमियम इन–ह्यान्ड फिल प्रदान गर्दछ । स्मार्टफोन मात्र १९२ ग्रामको रहेको छ र प्रयोग गर्न र मा खल्तीमा बोक्नको लागी अति सहज रहेको छ । रोमाञ्चक नयाँ डिजाइन जस्तै, यो ३ वटा आकर्षक रंगहरुमा उपलब्ध रहेको छ ।

वि.सं.२०७८ असोज ३ आइतवार १६:०५ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...