काठमाडौ । पछिल्लो समय ब्रोइलर कुखुराको मासुको मूल्य घट्न थालेको छ । अहिले बजारमा कुखुराको तयारी मासू प्रतिकिलो ३१० रुपैयाँ आईपुगेको छ ।
बजारमा कुखुरा उत्पादन वृद्धि भएसंगै मूल्य घट्न थालेको कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । संघका अनुसार यसअघि प्रतिकिलो ३६० रुपैयाँदेखि ३८० रुपैयाँसम्म कायम भएको थियो ।
अहिले जिउँदो कुखुराको मूल्य प्रतिकिलो २२० रुपैयाँसम्म र होलसेल मूल्य भने २८० रुपैयाँमा आईपुगेको छ ।
वि.सं.२०७८ असोज ३ आइतवार १८:०३ मा प्रकाशित