back
NMB ad

आजदेखि भेरोसेल खोपको पहिलो र दोस्रो मात्रा लगाउन सुरु, कुन-कुन जिल्लामा लगाइँदैछ ?

Kumari bank ad

काठमाडौँ । आज (सोमबार)देखी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पहिलो र दोस्रो मात्रा कोरोना विरुद्धको खोप लगाउन सुरु गरेको छ ।

कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा ११ दिनसम्म लगाइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार दोस्रो मात्रा आजदेखि तीन दिनसम्म भेरोसेल खोप लगाइने छ ।

अहिले पहिलो मात्रा लगाउनेलाई कात्तिक ४ देखि १४ गतेसम्म दोस्रो मात्रा खोप लगाइने छ । यो पटक सरकारले ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, रसुवा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका नागरिकलाई खोप लगाउने भएको छ ।

यता चितवन र काभ्रेमा ३५ वर्षमाथिका नागरिकलाई खोप लगाइने छ । १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई पनि खोप दिइने छ । यता काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, सर्लाही, रामेछाप र अछाममा ४० वर्ष माथिका नागरिक र १८ वर्षमाथिका विद्यार्थीलाई खोप दिइने छ ।

मुस्ताङ, मनाङ र रुकुमपूर्व बाहेकका जिल्लाका ३५ वर्षमाथिका सबै नागरिक र १८ वर्षमाथिका विद्यार्थीलाई खोप दिइने छ । यसअघि खोप लगाउन छुटेका अग्रपङ्क्तिमा खटिने कर्मचारी, अत्यावश्यक सेवा, पर्यटकीय क्षेत्र, शिक्षक, होटलमा काम गर्ने नागरिकलाई पनि खोप दिइने छ ।

वि.सं.२०७८ असोज ४ सोमवार १०:४० मा प्रकाशित

You can share this post!

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...