back
NMB ad

किसानको गुनासोः ‘सरकारले न मलको बन्दोबस्त गर्न सक्यो,न विकल्प खोज्यो’

Kumari bank ad

काठमाडौं । खाद्यका लागि कृषि अभियानले मलको दीर्घकालिन समाधान खोज्न, रसायन र विषादिको दुष्परिणाम घटाउँदै जान ध्यानाकर्षण गराएको छ ।

एक विज्ञप्ति जारी गर्दै अभियानले माटोमा भएको जैविक तत्व र पोषण बढाउने तर्फ ख्याल गर्नका लागि अनुरोध गरेको छ ।

खासगरी, आम किसानको खेतीपातीलाई नभै नहुने मल समेतको उचित बन्दोबस्त नभएको अभियानले जनाएको छ । विज्ञप्तिमा भनिएको छ,-‘उहिलेदेखि अहिले सम्मका सरकारले घातक भए पनि न रसायनिक मलको बन्दोबस्त गर्न सके,न त्यसको सकिने विकल्प खोज्न तिर लागे । किसान अहिले यताका न उताका भएका छन् । हामी जैविक प्रकृयाको सङ्क्रमणकालीन बन्दोबस्त गर्न आवश्यक रहेको कुरा प्रति जिम्मेवारीपूर्वक सचेष्ट छौं । जैविक दिशामा जानुको विकल्प छैन । यही मात्र दीर्घकालीन समाधान हो ।’

आम जनसमु्दायको तत्काल खानेकुराको बन्दोबस्त गर्ने र घरव्यवहारमा समेत अकल्पनीय प्रभाव पार्ने किसानका लागि समयमै मल नपाउने कुरा कुनै बहानामा क्षम्य नहुने खाद्यका लागि कृषि अभियानका संयोजक उद्यव अधिकारीले बताउनुभयो ।

यस्तो महत्वपुर्ण सवलामा समेत सम्बन्धित जिम्मेबार संस्था व्यक्तिले समयमै चासो नदिनु सरकारको निकम्मापन र अक्षमताको परकाष्ठा भएको उहाँले बताउनुभयो ।

‘हामी सरकार र सरोकोरवालालाइ यस कुराको ख्याल गर्दै मलको दीर्घकालिन समाधान खोज्न, रसायन र विषादिको दुष्परिणाम घटाउदै जान, माटोमा भएको जैविक तत्व र पोषण बढाउने तर्फ ख्याल गर्न आग्रह गन चाहान्छौ । यसतर्फ समयमै सचेत हुन सरकारलाईर यो सवाल उठाएरदवाब दिन आम जनसमुदायलाई यसै ध्यानाकर्षण पत्र मार्फत हार्दिक अनुरोध गर्न चाहन्छौ’- विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७८ असोज ४ सोमवार १०:४८ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...