काठमाडौं । सोमबार सुनको मूल्यमा गिरावट आएको छ । उक्त दिन नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ८९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर ८८ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँव्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने ८८ हजार ४५० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन भने ८८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, साताको दोस्रो कारोबार दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ । उक्त दिन चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।
अघिल्लो दिन १ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर १ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
वि.सं.२०७८ असोज ४ सोमवार ११:०७ मा प्रकाशित