काठमाडौं । लुम्बिनी विकास बैंकले कार्यालय सजावट तथा संरचना निर्माणका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।
बैंकले तीन स्थानको नयाँ शाखा कार्यालय स्थापना गरिने भएकाले आन्तिरिक सजावट एवं संरचना निर्माण कार्यका लागि बोलपत्र आह्वान गरेको हो ।
उक्त प्रयोजनका लागि अनुभप प्राप्त इच्छुक रजिष्टर्ड फर्म/कम्पनीहरुले आजैका मितिदेखि १५दिन भित्र गोप्य शिलबन्दी पेश गर्न सक्नेछन् ।
बैंकले लुम्बिनी प्रदेशको रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ ट्राफिकचोक, दाङको तुल्सीपुर उपमहानगरपालिका–५ र प्रदेश २ को महोत्तरी जिल्लाको लोहारपट्टी चोक नगरपालिका–६ मा नयाँ कार्यालय स्थापना गर्न लागेको हो ।
वि.सं.२०७८ असोज ४ सोमवार ११:४१ मा प्रकाशित