back
NMB ad

आजदेखि नयाँ सुकिला नोट: प्रतिव्यक्ति साढे १८ हजार मात्र साट्न सकिने, कहाँ-कहाँबाट पाइन्छ ?

Kumari bank ad

काठमाडौं । वडा दशैंको अवसरमा राष्ट्र बैंकले आजदेखि नयाँ तथा सुकिला नोट सटही सुविधा प्रदान गर्ने भएको छ ।

कोरोना संक्रमण जोखिमलाई समेत दृष्टिगत गरि काठमाडौं उपत्याकाभित्र राष्ट्र बैंकबाट इजाजतप्राप्त वाणिज्य बैंकहरुले तोकिएका शाखा कार्यालय मार्फत नयाँ नोट सटही गर्न पाइने भएको हो ।

साथै वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गई नोट सटही गर्न सकिने सूचनामा उल्लेख छ ।

काठमाडौं उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बेंकले तोकेको नतिकको शाखा कार्यालयबाट नोट साट्न सकिने बैंकले जनाएको छ ।

नोट सटहीका लागि जाँदा सरकार र स्थानीय प्रशासनले तोकेका स्वास्थ्य मापदण्ड तथा सामाजिक दुरीका पूर्ण पालना गर्न बैंकले अनुरोध गरेको छ ।

नेपाल राष्ट्र बैंकले यो वर्षको दशैँमा ३५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा पठाउने भएको छ । प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म सटही सुविधा पाइनेछ ।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १ सय रुपैयाँका प्रतिबन्डलसम्म सटही हुने गरी यो सुविधा मिलाएको जनाएको छ ।

वि.सं.२०७८ असोज ४ सोमवार ११:५२ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...