back
NMB ad

यामाहाको सबैभन्दा सस्तो बाइक: कुन किन्दा कति छुट ? यस्ता छन् अफरहरु (मूल्यसहित)

Kumari bank ad

काठमाडौं । नेपालमा मोटरसाइकलको प्रयोग बढ्दोक्रममा छ । मोटरसाइकल व्यक्ति काम तथा व्यवसाय गर्नेहरुका लागि नभई नहुने अत्यावश्यक साधान बनिसकेको छ ।

बढ्दो सवारी चापले गर्दा सार्वजनिक यातायातमा हुने ढिलाईका कारण पनि मोटरसाइकल प्रयोगकर्ताको संख्या उल्लेखीय मात्रमा वृद्धि भएको हो । व्यक्तिगत छिटो, छरितो रुपमा कार्य गर्न मोटरसाइकल अत्यावश्यक सवारीको रुपमा मानिएको छ ।

त्यस्तै, छिटो, छरितो र सहज ढंगले यात्रा तथा काम सम्पन्न गर्नका लागि यामाहाले विभिन्न मोडेलका मोटरसाइकलहरु नेपाली बजारमा ल्याएको छ ।

नेपालमा यामाहाको धेरै मोडेलका भिन्न भिन्न मूल्यका मोटरसाइकलहरु उपलब्ध छन् । यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमडब्ल्यू इन्टरप्राइजेज रहेको छ ।

एमडब्ल्यूले हरेक वर्गका नेपालीले प्रयोग गर्न सकिने गरि विभिन्न सेवा, सुविधासहित मोटरसाइकल बिक्री वितरण गर्दै आएको छ ।

नेपाली बजारमा यामाहाको न्युनतम २ लाख २४ हजारदेखि ९ लाख रुपैयाँसम्म मोटरसाइकलहरु उपलब्ध छन् ।

नेपालमा उलपब्ध रहेको यामाहाको ११ मोडेलमध्ये आज हामीले सबैभन्दा सस्तो मानिएको लोकप्रिय स्यालुटोको बारेमा चर्चा गर्दैछौ ।

यामाहा स्यालुटो
यामाहाको स्यालुटो बाइकको मूल्य २ लाख २४ हजार ९ सय रुपैयाँ पर्दछ । यो दुई रंगमा उपलब्ध रहेको छ । यो युनिफाइड ब्रेकिङ सिस्टको बाइक हो ।

यसमा एयर कूल्ड, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ इन्जिन ब्लू कोर डेभलपमेन्टमा आधारित छ ।

१२५सीसी क्षमताको स्यालुटो बाइक १८० एमएम हाइ ग्राउण्ड क्लििर्यान्स, आरामदायी सिट किक र इलेक्ट्रिक स्टार्ट सिस्टम लगायतको फिचर भएकाले पनि यसको लोकप्रियता फरक छ ।

यसमा सिंगल सिलिण्डर, अगाडिको बे्रक डिस्क र पछाडि ड्रम फ्रन्ट बे्रक, ट्युबलेस टायर, रहेको छ । यसको इन्धन क्षमता ७.६ लिटर र रिजर्भ फ्यूल क्षमता भने १.१० लिटर रहेको छ ।

यामाहाका कुन बाइकको कति मूल्य ?
यामाहाको न्युनतम २ लाख २४ हजारदेखि ९ लाख रुपैयाँसम्मका बाइक नेपाली बजारमा उपलब्ध छन् । मूल्य मोडेल अनुसार फरकफरक रहेको कम्पनीले जनाएको छ ।

यामाहाको एसजेट–आरआरको २ लाख ४६ हजार ९ सय रुपैयाँ, एफजेट भीटुको २ लाख ८९ हजार ९ सय रुपैयाँ मूल्य पर्दछ ।

यस्तै, एफजेटएस भीटुको ३ लाख १४ हजार ९ सय, एफजेटएस भीथ्रीको ३ लाख ३४ हजार ९ सय, एफएजेटइआर–२५ को ४ लाख १४ हजार ९ सय, एमटी–१५ को ४ लाख ४२ हजार ९ सय, एफजेट–२५को ४ लाख ४७ हजार ९ सय, आर१५ भीथ्रीको ४ लाख ८१ हजार ९ सय रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एक्सटीजेट १५० एफआईको भने ५ लाख ३९ हजार ९ सय रुपैयाँ मूल्य रहेको छ । यामाको सबैभन्दा बढी मूल्य पर्ने आरथ्री बाइक रहेको छ । जसको मूल्य ९ लाख २४ हजार ९ सय रुपैयाँ पदर्छ ।

के-के छन् दशै अफर ?

यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशै तिहार लक्षित नयाँ अफर ल्याएको छ । यामाहा कम्पनीले ‘रेस फर दि एस’ अफर सार्वजनिक गरेको हो ।

यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याचमार्फत न्यूनतम ८ हजारदेखि १ लाख रुपैयाँसम्म स्योर सट छुट पाउनेछन् ।

साथै कम्पनीको मोटरसाइकलको खरिद गर्दा १२ तोलासम्म सुन उपहार जित्न सकिनेछ । ‘रेस फर दि एस’ स्किम अन्तर्गत बम्परमा एकजना भाग्यशाली विजेताले १२ तोला सुन उपहार पाउने यामाहाले जनाएको छ ।

त्यसैगरी लक्की ड्रमार्फत हरेक हप्ता एकजना भाग्यशाली विजेताले ४ तोला सुनको एक्का तास उपहार स्वरुप पाउने कम्पनीले जनाएको छ ।

बम्परमा भने एकजना भाग्यशाली विजेताले ४ तोला तौल भएको तीनवटा एक्का तास अर्थात १२ तोला सुन उपहार पाउनेछन् ।

यामाहाको बाइक किन्दा १ लाख रुपैयाँ छुटदेखि १२ तोला सुन जित्ने मौका, कुनको मूल्य कति ?

वि.सं.२०७८ असोज ४ सोमवार १५:०२ मा प्रकाशित

You can share this post!

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...