back
NMB ad

चुरे क्षेत्रको संरक्षणमा राष्ट्रपति भण्डारीको तिब्र चासो

Kumari bank ad

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे क्षेत्रको संरक्षण प्रति चिन्ता व्यक्त गर्नु भएको छ । उहाँले चुरे संरक्षणमा सही काम होस भनेर आफूले निरन्तर झक्झक्याइरहेको बताउनुभयो ।

नेपाल वातावरण पत्रकार समूहसँगको भेटमा यस्तो बताउनु भएको हो । राष्ट्रपति भण्डारीले वातावरणीय सवालमा राजनीति गर्न नहुने भन्दै वातावरण, बालबालिका र शिक्षा क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्ने धारणा राख्नुभयो ।

भेटमा उहाँले राष्ट्रिय, अन्तर्राष्ट्रिय मञ्चहरुमा वातावरणीय मुद्दाहरुमा सबैपक्ष एक भएर आपसी मनमुटावहरु थाँती राखेर प्रस्तुत हुनुपर्ने बताउनुभयो । ‘वातावरणीय सवालहरुमा सबै पक्षले भावी सन्ततिका लागि सोच्नुपर्ने हुन्छ, दल तथा गुटगत आग्रह भन्दा यो जहिले पनि माथि हुनुपर्छ’ उहाँले भन्नुभयो ।

समूहका अध्यक्ष कसमस विश्वकर्माले जल्दावल्दा वातावरणीय विषयहरुमा राष्ट्रपतिको ध्यानाकर्षण गराएको थियो । यस क्रममा समूहले जलवायु परिवर्तन र कोप २६, प्राकृतिक विपत्ति, विद्यमान अव्यवस्थित सहरीकरण, चुरे संरक्षण, वन संरक्षण लगायतका विषयहरु समेटिएको ध्यानाकर्षण पत्र राष्ट्रपति समक्ष बुझाएको छ ।

समूहले राष्ट्राध्यक्षको नाममा चुरे संरक्षणको लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम ल्याउँदा उत्साहित भएपनि सरकार परिवर्तनसँगै समितिका पदाधिकारीहरू परिवर्तन हुने परिस्थिति सिर्जना भएको तर्फ ध्यानाकर्षण गराएको छ ।

समितिले हाँसिल गर्नु पर्ने उपलब्धी कुण्ठित भएको र समितिको काम प्रभावकारी नरहेको जानकारी राष्ट्रपतिलाई गराएको छ । त्यसैगरी समूहले वातावरण संरक्षण निकायहरु र कोष सक्रिय बनाउन पनि राष्ट्रपति मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

सरकारले वातावरण र जैविक विविधता संरक्षणका लागि विभिन्न समयमा स्थापना गरेका निकाय र कोषहरु अहिले निष्क्रिय अवस्थामा रहेका कारण वातावरण क्षेत्रका मुद्दा प्रभावकारी रुपमा उठ्न नसकेको र राजनीतिक तहले अपनत्व नलिएको अवस्था रहेको उल्लेख छ ।

नेपाल वातावरण संरक्षण परिषद, जलवायु परिवर्तन परिषद, बाघ संरक्षण परिषद, वातावरण प्रदुषण कोष जस्ता निकायहरु निष्क्रिय छन् । यस्ता निकायहरुमा गैरसरकारी संघसंस्थाका आवाजलाई पनि समेट्नका लागि नेपाल वातावरण पत्रकार समूह जस्ता संस्थाहरुको प्रतिनिधित्व हुनुपर्ने समूहको ठहर रहेको छ ।

वि.सं.२०७८ असोज ५ मंगलवार ११:४९ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...