back
Mega Long Ad

सेयर बजारमा पहिरो जाने यी हुन् ४ मुख्य कारण

लगानीकर्ताले कहिलेसम्म नियामक निकाय र राज्यको मुख ताक्ने ?

काठमाडौं । अहिलेको सेयर बजारलाई चार वटा विषयले निकै प्रभाव पारेको देखिएको छ । जानकारहरुको अनुसार अहिले बजारलाई प्रभाव पार्नेमा ब्याजदर, वातावरण, विकल्प र बुझाईका कारण बजारमा गिरावट देखिएको छ ।

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाए भने त्यसको प्रत्यक्ष असर सेयर बजारमा देखिने गरेको छ । वाणिज्य बैंकहरुले असोज १ गतेदेखी लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर दोहोरो अंकमा पुगेको छ । जसको असर बजारमा परेको देखिएको छ । बजार घट्नुका विभिन्न करण मध्ये ब्याजदर प्रमुख भएको जानकारहरुको भनाई छ ।

सेयर बजार बढ्न वा घट्नको लागि वातावरण पनि प्रमुख हुने गर्दछ । सेयर बजारलाई नियामक निकायले गर्ने काम, सरकारको नीति नियम, नेतृत्व तहमा बस्नेहरुले दिने अभिव्यक्तिले पनि बजारलाई प्रभाव पर्ने गरेको छ । गत साता अर्थमन्त्री जनार्दन शर्माले दिएको अभिव्यक्तिको कारण पनि बजारमा असर परेको देखिएको छ । अर्थमन्त्री शर्माले आइक्यानको कार्यक्रममा सेयर बजार बजारमा हावा भरिएको र यसको हावा खुस्क्यो भने के हुन्छ ? भन्ने अभिव्यक्ति दिनु भएको थियो । त्यसको असर पनि बजारमा देखिएको बताइन थालेको छ ।

मन्त्री शर्माको उक्त अभिव्यक्तिले उहाँ र सरकारको नै सेयर बजारप्रति हेर्ने दृष्टिकोण कस्तो छ भन्ने बुझाईले पनि प्रभाव पारेको जानकारहरुको भनाई रहेको छ ।

त्यती मात्रै नभएर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको व्यवस्था कहारण पनि बजारमा पहिरो जान थालेको हो । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर धितो कर्जाको सिमामा गरेको नयाँ व्यवस्थाले पनि बजारलाई निकै प्यानिक बनाएको लगानीकर्ताको भनाई छ । अहिलेको यस्तो वातावरणका कारण बजारलाई प्यानिक बन्न मद्दत पुगेको एक अग्रज लगानीकर्ताको भनाई छ ।

कोरोना महामारीका कारण सरकारले गरेको बन्दाबन्दी क्रमश कम हुँदै गएको र लगानीको विकल्पहरु बढ्दै गएको, बजार चलायमान भएको, उद्योग धन्दा चल्न थालेका छन् । त्यसको असर पनि बजारमा देखिन थालेको छ । पहिला बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाहहुँदा बढी सेयर धितो कर्जामा जाने गरेको र अहिले त्यो कर्जा अन्य क्षेत्रमा पनि जान थालेको, लगानीको विकल्प बढेको असर बजारमा देखिएको एक बैंकर्सको भनाई छ ।

अहिले सेयर बजारप्रति लगानीकर्ताको बुझाई कमजोर बन्दै जानु, लगानीको निर्णय क्षमता कम हुँदै जानाले पनि बजारमा असर देखिएको जानकाहरुको तर्क छ । बैंकको ब्याजदर तत्काल परिवर्तन हुने सम्भवना नरहेको बैंकर्सहरुको भनाई छ । बजारको विकासको लागि नियामक निकाय तथा राज्यपक्षले नै सकारात्मक पहल आवश्यक रहेको र त्यसले आम लगानीकर्ताको बुझाईमा प्रभाव पार्न आवश्यक रहेको जानकार लगानीकर्ताहरुको भनाई छ ।

वि.सं.२०७८ असोज ५ मंगलवार १३:२८ मा प्रकाशित

You can share this post!

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

वि.सं.२०७८ कात्तिक ६ शनिवार १७:१९

तनहुँ । तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने...

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

वि.सं.२०७८ कात्तिक ६ शनिवार १६:५५

महोत्तरी । बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

वि.सं.२०७८ कात्तिक ६ शनिवार १२:५१

बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न...

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

वि.सं.२०७८ कात्तिक ६ शनिवार ११:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा...

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:५०

काठमाडौं । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न...

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:३९

काठमाडौं । शनिबार पनि आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली...