back
Mega Long Ad

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ सूचीकृत भएको छ ।

कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको आईपीओ भोलि अर्थात बुधवारदेखि दोस्रो बजारको कारोबार हुनेछ ।

कम्पनीको आईपीओले पहिलो कारोबारका लागि ९५ रुपैयाँ ७५ पैसादेखि २८७ रुपैयाँ २५ पैसा ओपन रेञ्ज पाउने देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले कम्पनीको नेथवर्थको आधारमा उक्त ओपन रेञ्ज तोक्ने देखिएको हो । कम्पनी नेवटर्थ ९५ रुपैयाँ ७५ पैसा रहेको छ । नेप्सेले यसकै आधारमा तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले गत साउन १४ गतेदेखि १८ गतेसम्म आईपीओ निष्काशन गर्यो । कम्पनीले निष्काशन गरेको ७ लाख ३६ हजार २७६ कित्ता आईपीओ साउन २६ गते बाँडफाँड भएको थियो ।

गोलाप्रथाबाट भएको बाँडफाँडमा ६८ हजार ४७४ जनाले सेयर पाएका थिए । ६८ हजार ४६८ जनाले १० कित्ता तथा ६ जनाले ११ कित्ता सेयर पाएका थिए ।

आईपीओमा २० लाख ६७ हजार ९६७ जनाले आवेदन दिएका थिए । जसमा २ हजार ८४३ जनाको आवेदन रद्द भएको थियो । २० लाख ६५ हजार १२४ जना योग्य भएका थिए ।

वि.सं.२०७८ असोज ५ मंगलवार १६:२३ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...