काठमाडौं । आज (असोज ६ गते) देखि साहस उर्जाको आईपीओ निष्काशन तथा बिक्री खुला हुने भएको छ ।
कम्पनीले ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले १ सय अंकित मूल्यका ७० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।
जसमध्ये २ लाख १० हजार कित्ता कर्मचारीहरुका लागि ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आवेदने असोज १० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । उक्त अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा भने असोज २० गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०७८ असोज ६ बुधवार १०:५५ मा प्रकाशित