back
NMB ad

सेयर बजार १०४ अंकको बढ्दा लगानीकर्ता हर्षित, कारोबार रकममा सबैको चासो

Kumari bank ad

काठमाडौं । सेयर बजारमा उछाल आएपनि कारोबार रकममा भने धेरै उत्साह देखिएको छैन ।

बुधबारको कारोबारमा सेयर बजार १०४.८८ अंकले बढेर परिसूचक २८१६.९५ बिन्दुमा रोकिएको छ । यो दिन भएको २१७ कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता सेयर ६ अर्ब १७ करोड ९३ लाख १५७ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा निकै बढोत्तरी देखिएको छ ।

कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १९.४७ अंकले बढेर ५२८.१० बिन्दुमा रोकिएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक ६०.९२, विकास बैंक ३८१.४२, फाइनान्स २०७.९३, जलविद्युत १६९.४४, जीवन बीमा ५५१.७५, माइक्रोफाइनान्स १७०.७३, निर्जीबन बीमा समूहको उपसूचक ४४१.८७ अंकले बढेको छ ।

केही समय यता सेयर बजारमा निकै गिरावट आएको थियो । बीचमा केही सुधार आएपनि लगानीकर्ताको मनोबल भने खस्किने थालेको थियो । बुधबारको कारोबारमा बजारमा ३ अंकको सुधार आउँदा लगानीकर्ता निकै हर्षित बनेका छन् । तर कारोबार रकम भने इन्डेक्स अनुसार नबढ्दा बिहीबारको कारोबार के हुने भन्नेमा अन्योलमा भने रहेका छन् ।

वि.सं.२०७८ असोज ६ बुधवार १५:१९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...