काठमाडौं । साताको तेस्रो कारोबार दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २ लाख ५० हजार ८७५ कित्ता सेयर किनबेच भएको छ ।
बुधवार कम्पनीको ९ करोड ८० लाख ३४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको सेयर मूल्य पनि सामान्य वृद्धि भएको छ ।
उक्त दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७ रुपैयाँले मात्र वृद्धि भएको हो । नेप्सेका अनुसार आज सेयर मूल्य वृद्धिसंगै प्रतिकित्ता ३ सय ८९ रुपैयाँ कायम भएको हो ।
वि.सं.२०७८ असोज ६ बुधवार १६:४६ मा प्रकाशित