काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाका सेयर मूल्य फेरि बढेको छ ।
कम्पनीको सेयर मूल्य ६.२३ प्रतिशतले वृद्धि भएको हो । साताको तेस्रो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५८ रुपैयाँले घटेको हो ।
योसंगै कम्पनीको सेयर मूल्य आज ४ हजार ३ सय ९८ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको ९ करोड १२ लाख ६४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
उक्त दिन कम्पनीको २१ हजार ३७ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
वि.सं.२०७८ असोज ६ बुधवार १७:०० मा प्रकाशित