back
NMB ad

साहस उर्जाको आइपीओमा पहिलो दिन नै पर्यो माग भन्दा बढी आवेदन

Kumari bank ad

काठमाडौं । साधारण सेयर (आइपीओ) निष्काशन गरेको पहिलो दिन नै साहस उर्जामा माग भन्दा बढी आवेदन परेको छ ।

कम्पनीको आइपीओमा ७७ करोड ९१ लाख ५८ हजार रुपैयाँको ७७ लाख ९१ हजार ६८० कित्ताको लागि ८ लाख १८ हजार ८७२ जनाले आवेदन दिएको सिडिएससीले जनाएको छ ।

कम्पनीले ७० करोड रुपैयाँ बराबरको प्रति कित्ता एक सय रुपैयाँका दरले ७० लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।

जसमध्ये २ लाख १० हजार कित्ता कर्मचारीहरुका लागि, ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि र ६४ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदकले असोज १० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । उक्त अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा भने असोज २० गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७८ असोज ६ बुधवार १७:२० मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...