back
NMB ad

जीडब्लूएम मोटर्सको दशैं उत्सव अफरमा ६ लाखसम्म छुट पाइने, अन्य के–के छन् ?

Kumari bank ad

काठमाडौं । नेपालको लागी ग्रेट वाल मोटर्स (जीडब्लूएम) गाडिको आधिकारीक बिक्रेता भी.जी इम्पेक्सले यो वर्षको दशैं, तिहार तथा छट पर्वको उपलक्ष्यमा ६ लाख रुपैयाँसम्मको अफर ल्याएको छ ।

यो अफर जीडब्लूएमका एसयूभी थर्ड जेनेरेशन हवल एच–६ र हवाल जोलिओन का साथै पिकअप पिओरमा उपलब्ध रहेको छ । नेपालको एसयूभी र पिकअपको बजार राम्रो रहेको कम्पनीको दाबी छ ।

यी उत्पादनहरु मध्ये, जोलियन विश्वभरि नै अग्रणी सर्वान एसयूभीमा परेको कम्पनीको दाबी छ । एच–६ लाई नयाँ जेनेरेशनको मोडलको रुपमा हेरिएको छ । यो गाडीमा हाई टिच विशेषताहरु रहेको छ । विगत ११ वर्ष देखि चीनमा नम्बर १ बिक्री हुने एसयूभीमा हवल पर्दछ । यसको विश्वव्यापी बिक्री ६५ लाख एकाई भन्दा बढी रहेको छ ।

एच–६ को बिक्री ३५ लाख एकाई भन्दा धेरै रहेको छ । जसकारण यो ९५ महिनासम्म चीनमा सबैभन्दा धेरै बिक्री हुने एसयूभी भएको कम्पनीको दाबी छ । चीनको घरेलु बजारमा मात्रै नभएर २३ वर्षसम्म लगातार सबैभन्दा धेरै निर्यात हुने पिकअप चीनको नम्बर १ ब्राण्ड बनेको कम्पनीको दाबी छ । विश्वभरी १९ लाख बिक्री भएको यो ब्राण्डले घरेलु बजारको ५० प्रतिशत हिस्सा ओगटेको छ ।

कम्पनीले ल्याएको अफरमा आकर्षक नगद छुट, १ वर्षको निःशुल्क सडक कर, निःशुल्क पार्टपुर्जा, सहज फाइनान्सको सुविधा र १ वर्षको बीमा ग्यारेन्टी रहेको छ । हवल गाडीहरुमा ५ वर्षको र पिकअपमा ३ वर्षको वारेन्टी रहेको छ । एच–६ को मूल्य १ करोड ३ लाख ९९ हजार ९९९ रुपैयाँ रहेको छ । हवल जोलियनको मूल्य ५७ लाख ९९ हजार ९९९ रुपैयाँ रहेको छ । यो मोडेल चार वटा भेरियन्टमा आउने छ । पिक–अपको मूल्य ७० लाख ९९ हजार ९९९ रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ असोज ७ बिहीवार १२:३३ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...