back
Mega Long Ad

काठमाडौं उपत्यकामा बढ्यो महंगी

काठमाडौं । राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनाको तथ्यङ्क सार्वजनिक गरेको छ ।

तथ्याङ्क अनुसार २०७८ साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.३५ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.४९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा
खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.८६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको
मुद्रास्फीति ४.७४ प्रतिशत रहेको छ ।

२०७७ साउनको तुलनामा २०७८ साउनमा घ्यू तथा तेल, गैर–मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य पदार्थ, र यातायात उपसमुहको मुल्यवृद्धि क्रमशः  २९.०७ प्रतिशत, १०.५१ प्रतिशत, १०.१२ प्रतिशत र ९.४३ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.७० प्रतिशत, तराईमा ४.११ प्रतिशत, पहाडमा ५.६३ प्रतिशत र हिमालमा ३.५८ प्रतिशत मुद्रास्फीति रहेको छ ।

२०७७ साउनमा यी क्षेत्रहरुमा क्रमशः ३.३१ प्रतिशत, ४.०२ प्रतिशत, २.७२ प्रतिशत र ४.०७ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

वि.सं.२०७८ असोज ७ बिहीवार १६:११ मा प्रकाशित

You can share this post!

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

वि.सं.२०७८ कात्तिक ६ शनिवार १७:१९

तनहुँ । तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने...

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

वि.सं.२०७८ कात्तिक ६ शनिवार १६:५५

महोत्तरी । बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

वि.सं.२०७८ कात्तिक ६ शनिवार १२:५१

बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न...

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

वि.सं.२०७८ कात्तिक ६ शनिवार ११:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा...

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:५०

काठमाडौं । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न...

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:३९

काठमाडौं । शनिबार पनि आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली...