back
NMB ad

महासंघले सुन्न थाल्यो वस्तुुगत संघको समस्या, कसले के दिए सुझाव ?

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले वस्तुगत संघको समस्या सुन्न थालेको छ । महासंघले हालै निर्वाचन सम्पन्न भएर आएका सदस्य वस्तुुगत संघहरुसँग उनीहरुको समस्या सुन्न थालेको हो ।

महासंघले फ्लोरीकल्चर एसोसिएसन अफ नेपाल, एल.पि. ग्यांस उद्योग संघ र नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष, पदाधिकारी एवं कार्य समिति सदस्यहरूको समस्याको जानकारी लिएको छ ।

नवनिर्वाचित टिमलाई स्वागत गर्ने र नया टिमका भावी कार्ययोजना तथा सम्बन्धित क्षेत्रका गुनासाहरू समेत सुन्ने उद्देश्यले महासंघले वस्तुुगत संघका नवनिर्वाचित टिमसग छलफल सुरु गरेको छ । महासंघले यसअघि नेपाल औषधि उत्पादक संघका समस्याको बारेमा जानकारी लिएको थियो ।

कार्यक्रममा फ्लोरीकल्चर एसोसिएनका अध्यक्ष मीन बहादुर तामाङले कोरोनाका कारण पुुष्प व्यवसाय क्षेत्रले ठूलो नोक्सानी व्यहोर्नु परेकाले राहत उपलव्ध गराउनुपर्ने, स्वदेशी पुष्प प्रवद्र्धनका लागि आयातित फूल प्रतिवन्ध लगाउनुु पर्ने, पुुष्प नीतिलाई संघीय संरचना अनुसार परिमार्जन गर्न महासंघले सहयोग गर्नुुपर्ने सुुझाव राख्नुभयो । नेपाली पुष्पको आन्तरिक उत्पादनले करिब ९१ प्रतिशतको हाराहारीमा आन्तरिक बजार माग पुरा गरिरहेको र आत्मनिर्भर उन्मुख रहेको छ ।

नेपाल एल.पि. ग्यांस उद्योग संघका अध्यक्ष कुश प्रसाद मल्लीले ठूलो लगानी रहेको एल.पि. ग्यांस उद्योगहरूलाई राज्यले हेर्ने नजरमा परिवर्तन गर्नुपर्ने, केवल खाना पकाउने इन्धनको रुपमा मात्र नलिई अन्य औद्योगिक प्रयोजनका उपायहरू पनि पहिल्याउनुु पर्ने लगायतका सुुझाव राख्नुभयो । संघमा हाल ५८ वटा ग्यांस उद्योगहरू आवद्ध रहेका छन् । एल.पि. ग्यास उद्योगमा करिव ११ सय करोड लगानी रहेको छ भने करिव २२ देखि २५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।

हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष अशोक कुमार श्रेष्ठले उत्तरी छिमेकी देशसंग जोडिएका खासगरी तातोपानी र रसुुवाका व्यापारिक नाकाहरू सुुचारु नभएको र चीनसंगको व्यापार पूर्वावस्थामै फर्कन नसक्दा चीनसंग व्यापार गर्ने व्यवसायीहरू निकै ठूलो आर्थिक मारमा परेकाले महासंघले तत्काल नेपाल सरकार तथा चिनिया राजदूतावासमा यस सम्बन्धमा अविलम्व पहल गरी समस्या समाधानमा सहयोग गर्नुपर्ने सुुझाव राख्नुभयो ।

लामो समयसम्म दुवै नाकाहरू बन्द रहेका र हालपनि न्यूनतम सख्ंया तोकी सामान आयात गर्न दिने तर निर्यातका लागि कुनै व्यवस्था नभएकोले आयात पूर्ण रूपमा खोलिनु पर्ने र निर्यातका लागि पनि आवश्यक व्यवस्था हुन पर्ने सुझाव रहेको छ ।

सीमा नाका तातोपानी र रसुवामा चिनिया पक्षबाट प्राप्त एस.पी.एस. प्रमाणीकरण गर्ने व्यवस्था भएमा नेपालको निर्यात अभिवृद्धि हुने हुंदा यस्तो प्रयोगशालाको स्थापना हुनु पर्ने, सीमा नाकामा आयात निर्यातसंग सम्बन्धित व्यक्तिहरूलाई समस्या समाधानार्थ र उत्पन्न समस्या समाधान गर्न निश्चित पास सिस्टमको व्यवस्था हुनुपर्ने र नेपाल–चीन बीच भएको पारवहन सम्झौता प्रोटोकलको जति सक्दो चाडो कार्यान्वयनमा ल्याइनु पर्ने सुुझाव संघको छ ।

आएका सुुझाव एवं गुुनासाहरूलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले स्वदेशी पुष्प व्यवसाय प्रवद्र्धन गर्नुपर्नेमा आफ्नो पनि जोड रहेको बताउनुभयो । कोभिडबाट थलिएका पुुष्प व्यवसायीका समस्या समाधानमा महासंघले पहल गर्ने, पुुष्प नीति संशोधनको विषयलाई महासंघको वस्तुुगत परिषद मार्फत अगाडि बढाउने विश्वास दिलाउनुभयो ।

एल. पि ग्यांसका सम्बन्धमा सरकारसंग बसेर छलफल गर्ने, चीनसंगको व्यापारिक नाका पूर्वावस्थामै संचालन गर्न छिट्टै महासंघको नेतृत्व संघका पदाधिकारी समेत सम्मिलित टोलीले चिनिया राजदूत र नेपाल सरकारको सम्बन्धित निकायमा भेटी ठोस पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले वस्तुुगत संघहरूको वास्तविक समस्या पहिल्याई समस्या संवोधनमा यो कार्यक्रमले सहयोग गर्ने बताउनुभयो । महासंघको वर्तमान टिम उद्यमी व्यवसायीहरूको समस्या समाधान, मुुलुकको अर्थतन्त्र निर्माण, आर्थिक व्यवसायिक विकासका मुुद्दामा निरन्तर खटिरहेकाले यसमा सवै सदस्य संघहरूको हातेमालो आवश्यक रहेको धारणा राख्नुु भयो ।

कार्यक्रममा महासंघको वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष अन्जन श्रेष्ठले महासंघले सदस्य वस्तुुगत संघहरूसंग सधै नजिकमा रहेर उनीहरूका समस्या एवं गुनासा सुुनी त्यसलाई संवोधन गर्ने प्रयास स्वरुप नवनिर्वाचित टिमसंग यस प्रकारको कार्यक्रमको थालनी गरेको स्पष्ट पार्नुुभयो ।

महासंघले वस्तुुगत संघहरूलाई उच्च प्राथमिकता दिई महासंघमा वस्तुुगत संघहरूलाई मात्र सेवा दिन वस्तुुगत सचिवालयको स्थापना गरेको, संघहरूसंग नियमित भेटघाट तथा छलफल मार्फत वास्तविक समस्या पहिचान गरी सम्बन्धित निकाय मार्फत संवोधन गर्न पहल गरेको स्पष्ट पार्नुभयो ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र रामचन्द्र संघईले महासंघले आफना सदस्यहरूको समस्या समाधानमा सधै उच्च प्राथमिकता दिएको बताउनुभयो । वस्तुगत संघहरु अर्थतन्त्रका बलिया खम्वा भएकाले वस्तुगत संघहरू समस्यारहित ढंगवाट चल्न सके रोजगारी सिर्जना र लगानी आकर्षणमा समेत सहयोग पुुग्ने बताउनुुभयो ।

वि.सं.२०७८ असोज ८ शुक्रवार १०:४८ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...