back
NMB ad

धितोपत्र बोर्डका कर्मचारीलाई बन्दक बनाई अभद्र व्यवहार गर्ने लगानीकर्ताको झुण्डप्रति संगठन रुष्ट !

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले सेयर लगानीकर्ताहरुले बोडका कर्मचारी तथा पदाधिकारीहरुलाई प्रवेशद्वारमा अवरोध गरि कार्यालय भित्र नै बन्धक बनाई गरिएको व्यवहारप्रति खेद प्रकाट गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै असोज ५ र ६ गते बोर्डको कार्यालयमा केही लगानीकर्ताहरुले माग राख्दै कर्मचारी तथा पदाधिकारीहरुलाई बन्दक बनाई अभद्र व्यवहार गैर कानुनी कार्यप्रति खेद प्रकट गरेको हो ।

बोर्डको नीतिगत निर्णयको नेतृत्व गर्ने बोर्ड अध्यक्षको अभावमा कुनै पनि नीतिगत निर्णय गर्ननसक्ने अवस्थामा बोर्डको कर्मचारीहरुलाई कार्यालयमा बन्धक बनाउंने र अमर्यादित तथा अभद्र शव्दको प्रयोगले सम्पूर्ण लगानीकर्ता तथा समग्र पुँजी बजारको हितमा कार्य गरिरहेका कर्मचारीहरुको आत्मबल कमजोर बनाउनुका साथै नियमन निकायको गरिमालाई समेत आघात पु¥याएको संगठनले जनाएको छ ।

‘यस्ता गतिविधिहरुले बोर्डका कर्मचारीहरुको जीउज्यानमा सुरक्षाको जोखिम बढाएकोले कर्मचारीहरुको उचित सुरक्षाको व्यवस्था गरी सुरक्षित कार्यवातारणको प्रवन्ध गर्न तथा कानुनी रुपमा संगठित लगानीकर्ताका संघ/संस्थाहरु मार्फत मात्र लगानीकर्ताहरुको समस्या समाधान गर्ने व्यवस्थीत प्रणालीको विकास गर्न बोर्ड व्यवस्थापन तथा सम्बन्धित निकाय समक्ष माग गर्दछौं’- विज्ञप्तिमा भनिएको छ ।

संगठनले यस्ता अराजक तथा आपराधिक गतिविधि गर्ने व्यक्तिलाई कानुनी कार्वाहीको दायरामा आउनुपर्ने हुंदा बोर्ड व्यवस्थापन तथा सम्वन्धित निकायहरुलाई अनुरोध गरेको छ ।

सम्पूर्ण कर्मचारीहरुको इमान्दारीता माथि आक्षेप लगाउने तथा तथ्यहिन प्रचार गरी कर्मचारीको मनोवल कमजोर पारी पुँजी बजार जस्तो संवेदनशील क्षेत्रको नियमन निकायलाई कमजोर बनाई बजारबाट अवान्छित लाभ लिन प्रयत्न गर्ने व्यक्ति तथा समूहलाई बल पुग्ने प्रति चनाखो हुन सम्पूर्ण सरोकार पक्षसँग संगठनको अपिल छ ।

 


वि.सं.२०७८ असोज ८ शुक्रवार १२:०१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...