काठमाडौं । लोकसेवा आयोगले परीक्षा कार्यक्रम निर्धारण गरेको छ ।
आयोगको परीक्षा संचालन शाखाले नेपाली सेनाको पूर्वप्रकाशित विज्ञापन अनुसार अधिकृत क्याडेट पदको परीक्षाका लागि मिति केन्द्र तोकेको हो ।
आउँदो कात्तिक २६, २७, २८ र २९ गते दिनको २ बजे संचालन हुने परीक्षाका लागि आयोगले केन्द्र समेत तोकेको छ ।
कोभिड १९ संक्रमण भएका उम्मेदवारहरुका लागि विशेष परीक्षा केन्द्र रहने हुँदा सुरु भन्दा कम्तीमा ३ घण्टा अगावै नेपाली सेनामा अनिवार्य रुपमा जानकारी गराउनुपर्ने बताइएको छ ।
हेर्नुहोस्, सूचना
वि.सं.२०७८ असोज ८ शुक्रवार १४:२१ मा प्रकाशित