back
Mega Long Ad

९.५१ मेगावाट क्षमताको माई बेनी जलविद्युत आयोजनाद्वारा व्यवसायिक उत्पादन सुरु

काठमाडौं । माई बेनी जलविद्युत आयोजनाले व्यवसायिक उत्पादन सुरु गरेको छ ।

उर्जा डेभलपर्समा सम्बद्ध सामलिङ्ग पावर कम्पनीद्वारा ईलाममा निर्माण सम्पन्न गरेको ९.५१ मेगावाट क्षमताको उक्त आयोजनाले उत्पादन सुरु गरेको हो ।

ऊर्जा डेभलपर्सको नेपालमा नवीकरणीय उर्जा विकास गर्ने उद्देश्यको पहिलो सफलताको रुपमा माई बेनीले विद्युत खरीदबिक्री सम्झौता (पीपीए) बमोजिम व्यापारिक उत्पादन सुरु गर्नुपने मिति भन्दा दुई महिना अगावै व्यापारिक उत्पादन आरम्भ गरेको हो ।

नेपाल विद्युत प्राधिकरणको प्रतिनिधिका रोहवरमा विभिन्न चरणको परीक्षणका कार्यहरु सम्पन्न गर्नुका साथै १५ दिनको परीक्षण उत्पादन समेत सफलता पूर्वक सम्पन्न गरे पश्चात उक्त आयोजनाबाट व्यवसायिक उत्पादन सुरु गरिएको कार्यकारी अधिकृत रचना भट्टले बताउनुभयो ।

उहाँका अनुसार माई बेनीले वार्षिक ५३.२८गिगावाट घण्टा विद्युतीय उर्जा राष्ट्रिय प्रणालीमा थप योगदान गर्ने भएको छ ।

विद्युतले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि भदौ १८ गतेखेखि असोज १ गतेसम्म आवेदन दिनसक्ने गरि ५ लाख कित्ता आईपीओ समेत निष्काशन गरेको थियो ।

वि.सं.२०७८ असोज ८ शुक्रवार १५:४२ मा प्रकाशित

You can share this post!

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:२०

काठमाडौं । राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा...

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:१९

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा संघीय सरकारले ८९...

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:११

काठमाडौं । चालु आर्थिक वर्ष दुई महिनाको अवधिमा कुल विदेशी...

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:०६

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता १...

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५८

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह ६.३...

सस्तियो नेपालीको भान्सा

सस्तियो नेपालीको भान्सा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५७

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा मुद्रास्फिीति घटेको...