back
NMB ad

‘विश्व बजारमा नेपाली मौलिक चिनारीको माग, निर्यातमा प्रकृयागत जटिलता’

Kumari bank ad

विराटनगर । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी वस्तुको बजार प्रर्वद्धन निर्यात अभिवृद्धिको माध्यमबाट वढ्दो व्यापार घाटा न्यूनिकरण गर्न सरकारले ल्याएको नेपाल व्यापार एकिकरण रणनीति-२०१६ को संशोधनको लागि छलफल सुरु भएको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले २०१६ को रणनीति योजनामा देखिएका कमी कमजोरीको सुधार गरी आगामी नीति तय गर्नुपर्ने बताउनुभयो । उहाँले विश्व बजारमा मौलिक चिनारी बोकेका नेपाली वस्तुको माग भएतापनि निर्यातमा देखिएको प्रकृयागत जटिलता, बढ्दो उत्पादन लागत तथा लजिष्टिक खर्च, ढुवानीको समस्याका साथै कुटनीतिक पहलको अभाव जस्ता कारणले आशातित रुपमा निर्यात हुन नसकेको बताउँदै निर्यात प्रवद्र्धनमा देखिएका जटिलतालाई सम्बोधन गर्नेगरी आगामी रणनीति आउनु पर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा पूर्व अर्थसचिव रामेश्वर खनालले वैदेशिक व्यापार अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबै क्षेत्रलाई समावेश गरी ईकोसिस्टको विकास गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले आर्थिक विकासको मेरुदण्डका रुपमा रहेका आन्तरिक उद्योगहरुको प्रतिष्पर्धात्मक क्षमता अभिवृद्धि गरी निर्यातलाई बढावा दिन सरकार, नीजि क्षेत्रबीच सहकार्य हुनु पर्ने विचार व्यक्त गर्नुभयो । राज्यले उद्योग व्यवसायहरुको विकासका लागि सहज र सरल नीति निर्माण गरी सहजीकरण गर्न आवश्यक व्यवस्थासहितको ब्यापार रणनीति तय गर्न सुझाव दिनुभयो ।

नेपाल भारत उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्दिय सदस्य अविनाश बोहराले निर्यात व्यापारको महत्वपूर्ण पक्षका रुपमा रहेको सिपिङ कम्पनी नहुनु, डिटेन्शनका नाममा अतिरिक्त खर्चको व्ययभार उद्योगले व्यर्होर्नुपर्ने, अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त ल्याव नहुनु जस्ता कारणले पनि निर्यात व्यापार अभिवृद्धि हुन नसकेको औल्याउँनुभयो । उहाँले निर्यात अभिवृद्धिका लागि नीति निर्माणका साथैै पूर्वाधार विकासमा सरकारले ध्यान दिनु पर्ने विचार व्यक्त गरे ।

वि.सं.२०७८ असोज ८ शुक्रवार १७:२६ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...