back
NMB ad

२४ भन्सार बिन्दुबाट आयात, १२ ठाँउबाट निर्यात शुन्य (विवरणसहित)

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७८–०७९ को दुई महिनामा २४ वटा भन्सार विन्दुबाट वस्तु तथा सेवा आयात हुँदा निर्यात भने १२ वटाबाट मात्रै भएको छ । विभागका अनुसार भदौ महिनामा १२ वटा भन्सार बिन्दुबाट निर्यात शुन्य रहेको छ ।

चालु आव २०७८–०७९ को दुई महिनामा ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजार रुपैयाँको वस्तु तथा सेवा आयात हुँदा ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँको मात्रै निर्यात भएको छ ।

भन्सार विभागका अनुसार २४ वटा भन्सार विन्दु मध्ये आयात सबै बिन्दुबाट भएको छ भने निर्यात १२ वटा भन्सार बिन्दुबाट मात्रै भएको छ । बाँकी १२ वटा भन्सार बिन्दुबाट निर्यात शुन्य रहेको छ ।

विभागका अनुसार भदौ महिनासम्ममा सबैभन्दा बढी वीरगञ्ज भन्सार बिन्दुबाट ३३.८३ प्रतिशत अर्थात १ खर्ब ६ अर्ब ४१ करोड ५४ लाख ७८ हजार रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।

यस्तै दोस्रोमा भैरहवा भन्सार कार्यालय रहेको छ । भैरहवा भन्सार कार्यालयबाट जम्मा आयातको १६.३१ प्रतिशत अर्थात ५१ अर्ब ३१ करोड १९ लाख ५७ हजार रुपैयाँको आयात भएको छ । तेस्रो र चौथोमा अन्तर्राष्ट्रिय विमानस्थलबाट १२.९५ र बिराटनगर भन्सार कार्यालयबाट १२.१५ प्रतिशत आायत भएको छ । १ प्रतिशत भन्दा कम १४ वटा भन्सार बिन्दुबाट वस्तु तथा सेवा आयात भएको छ ।

यस्तै निर्याततर्फ सबैभन्दा बढी वीरगञ्ज भन्सारबाट जम्मा आयातको ४८.७६ प्रतिशत अर्थात २१ अर्ब ४७ करोड १६ लाख ६७ हजार रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । दोस्रो र तेस्रोमा बिराटनगर भन्सार कार्यालयबाट २७.१६ र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १३.३२ प्रतिशत वस्तु तथा सेवा निर्यात भएको छ । यस्तै मेची भन्सारबाट ४.६१, भैरहवा भन्सार बिन्दुबाट ३.४५, ड्राइपोटबाट १.३८ प्रतिशत वस्तु तथा सेवा निर्यात भएको छ ।

विभागका अनुसार चालु आवको दुई महिनाको अवधिमा भद्रपुर, गौर, जनकपुर, महेशपुर, राजबिराज, रसुवागढी, सर्लाही, सेती, सिरहा, सुनुसरी, तातोपानी र ठाढी भन्सार कार्यालयबाट निर्यात शुन्य रहेको छ ।

वि.सं.२०७८ असोज १० आइतवार १३:३९ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...